२०८० असोज ९ गते मङ्गलवार

कर्मचारीतन्त्रमा आलोचनाको चाङ किन ?



सरकारको पनि स्थायी सरकार नामले कहलिएको सरकारी सेवाका ब्याक्ति /जनताका सेवक/ निजामती कर्मचारी दिनानुदिन आलोचित हुँदै गइरहेको छ । यो स्वयम त्यहाँ कार्यरत कर्मचारीको लागि त खतरा वा हानिकारक हो तर त्यो भन्दा नि राज्यको प्रशानिक क्षेत्र माथी नि प्रश्न खडा हुने भएको छ । यो राम्रो सङ्केत होइन यदि यसलाई बेवास्ता गरि अझै सुधार तर्फ नजाने हो भने कुनै दिन यो सेवा नै नरहने अबस्था आउन सक्छ । हुन त अहिले नै यस्को विकल्प खोजिको सुरुवात भैसकेको छ जस्तै – करार सेवा, करार सम्झौता,निजि क्षेत्रको सहयोग, विकेन्द्रीकरण, आयोगसमिती मार्फत कार्य सेवा लिनु,कार्य इच्छा पत्र आदि । योग्यता प्रणालीको बचाउ गर्ने निजामती सेवामा आलोचनाको चाङ नै लागेको छ जुन यसप्रकार छन् ।ढिलासुस्ती,नातावाद,कृपावाद
काम पन्छाउने ,आफैमा एउटा वर्ग
यथास्थितिवादी
योग्यताको उन्माद
ब्यबहारिक नभै नितिगत हुन खोज्नु (सिमित वर्गका लागि)
भ्रष्टाचारि
राजनितिकारण
अवसरवादि
अरुलाइ दोष देखाउने
ब्याबसायिक मुल्यमा ह्रास
जनताप्रति उत्तरदायी नहुनु
आफुलाइ शासक ठान्नु
नागरिकको भन्दा विशेषज्ञताको सहभागी खोज्ने
हुन त राज्यको सेवा नै बृहत हुन्छ तेसैले तेहा आलोचना रहित हुने कुरा भयन तर अति आलोचित हुनु राम्रो होइन ।
किन यस्तो हुन्छ त ? कारण :-
​न्यून सेवा सुबिधा हुनु
जीवन यापन गर्न कठिन हुनु
उच्च मनोकाङ्छा रहनु
सामाजिक दवाब रहनु(देखासिखि)
लेखापरीक्षणमा भौतिक परिक्षण नहुनु
कानुन कार्यन्वन गर्न कठिनाई रहनु
नागरिक चेतना कमजोर रहनु
कानुन कार्यान्वयन गर्ने निकाय तथा ब्यक्ति नै भ्रष्टाचार गर्नु
पेशागत ज्ञानको कमि
समयानुकूल ब्याबहार परिबर्तन नगर्नु
सबै कर्मचारी भ्रष्टाचारि नै हुन्छन् भन्ने आम मानिसको गलत बुझाइ रहनु
नेतृत्व लिन खोज्नु
​बढी सुबिधा भोगी हुनु
आम नागरिक सङ्ग घुलमिल नहुनु वा यथार्थता नबुझाउनु

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?