२०८० चैत्र १६ गते शुक्रवार

जोखिम भत्ता उपलब्ध गराउन माग गर्दै मन्त्रीलाई डाक्टरको पत्र



रामचन्द्र न्यौपाने /डोल्पा ६ जेठ,
जिल्ला अस्पताल डोल्पामा कार्यरत पाँच जना चिकित्सकहरुको टोलीले मन्त्रीलाई सामुहिक पत्र लेखेकाछन् ।
पहिलो चरणको कोरोना कहरमा काम गरेको दश महिनाको कोरोना जोखिम भत्ता र ओभर टाइम भत्ता नपाएको भन्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रीलाई पत्र लेखेकाहुन् ।
स्वास्थ्य सेवा कार्यालय,जिल्ला प्रशासन कार्यालय हुँदै मुख्यमन्त्रीको कार्यालयलाई बोधार्थ दिँदै लेखिएको पत्रमार्फत विगत दश महिना देखि सरकारलेनै दिने भनेको कोरोना जोखिम भत्ता तथा ओभर टाइम भत्ता नपाएको र यथाशिघ्र माग सम्बोधन गर्न मन्त्रीलाई आग्रह गरिएको छ ।
“स्वास्थ्य सेवा ऐन अनुसार एक चिकित्सक दिनमा छ घण्टामात्र काममा खटिए हुन्छ,त्यो भन्दा धेरै सयम काममा लागे अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्छ,चिकित्सक अभावमा डोल्पामा त २४ घण्टा उपचारमा खटिनुपर्छ”डाक्टर मेलिना हमालले गुनासो गरिन् ।
“आफ्नो ड्युटी बाहेको दश महिना बराबरको अतिरिक्त भत्ता पाएका छैन्,त्यतिमात्र नभई कोरोना कहरमा दिने भनिएको कोरोना जोखिम भत्ता अरु स्वास्थ्यकर्मीले पाए तर,डाक्टरहरुले भने पाएनौँ,सबैभन्दा धेरै कोरोना बिरामिसँग हेलमेल गर्ने डाक्टरलेहरुलेनै भत्ता नपाएपछि कसरी काम गर्न सकिन्छ”हमालले थपिन् ।
अस्पतालमा कार्यरत डाक्टरहरुलाई भत्ता विभेद भएपछि सामाजिक विकास मन्त्रीलाई पत्र लेख्न बाध्य भएको बताउँदै माग सुनुवाई नभए सेवा ठप्प पारेर आन्दोलनमा उत्रने हमालले प्रष्ट पारिन् ।
यसैपनि अभावै अभावमा गुज्रिएको जिल्ला अस्पतालमा त्यसमा पनि कोरोना कहरका बेला जतिसक्दो धेरै अतिरिक्त भत्ता दिएर चिकित्सलाई काममा लगाउनुको सट्टा दिने भनिएको भत्ता पनि लामोसमय देखि नदिएर राज्यले चिकित्सकको मनोवल घटाएको डाक्टरहरुको बुझाई छ ।
डोल्पाली जनताको मुटुको रुपमा रहेको जिल्ला अस्पतालमा हाल पाँच जना अस्थायी डाक्टर कार्यरत छन् ।सामान्य सेवा देखि कोभिडका बिरामिसम्म उनिहरुलेनै हेर्दै आएकाछन् ।
जिल्ला अस्पतालमान एक जना पनि स्थायी डाक्टर नहुनु दुखत कुरा भएको सरोकारवालाको भनाई छ ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?