२०८१ बैशाख ८ गते शनिवार

डोल्पाका तीन स्थानीय तहमा आधारभुत अस्पताल निर्माणकार्य अन्योलमा !



रामचन्द्र न्यौपाने/डोल्पा ५ जेठ,
देशभरका ३ सय ९ स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा पु¥याउने सरकारको लक्ष्य अनुरुप आधारभुत अस्पताल निर्माणकालागि डोल्पाका तीनवटा स्थानीय तह छनोट भएकाछन् ।
जिल्लाका आठवटा स्थानीय तह मध्ये डोल्पोबुद्ध गाउँपालिका,त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिकामा अस्पताल निर्माणकालागि छनोटमा परेकाहुन् ।
सरकारले छनोट गरेपनि तीनवटै स्थानीय तहमा अस्पताल बनाउन आवाश्यक जंगाको टुंगो नलाग्दा तीनवटै स्थानीय तहमा अस्पताल निर्माणकार्य अन्योलमा परेको हो ।
दुई बर्ष भित्र निर्माणकार्य सक्नुपर्ने लक्ष्य सहित गत साल १५ मंसिरमा देशभर एकैपटक शिलान्यास भएका डोल्पाका अस्पतालहरु जग्गा टुंगो नलागेकै कारण सात महिना वितिसक्दा निर्माणकार्य अन्योलमा परेको हो ।
जग्गा नजुटेपछि त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र बगर बजार आसपासको क्षेत्रमा बनाउने भनिएको पन्ध्र शैयाको अस्पताल निर्माणकार्य अन्योलमा परेको छ ।

अस्पताल निर्माणकालागि आवश्यक पन्ध्र रोपनि जग्गा मध्ये दश रोपनि जग्गा नपुगेकाले निर्माणकार्य सुरुहुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पृतिभक्त गिरीले बताए ।
ठेक्का भइसकेपनि जग्गा नपुग्दा अस्पताल निर्माण प्रक्रिया अन्योलमा परेकाले छिट्टै जग्गाको टुंगो लगाएर निर्माणकार्य अघि बडाउने गिरीको भनाई छ ।
नगरपालिकाले जग्गा नटुंग्याउँदा काम अझै सुरुगर्न नसकिएको भवन निर्माणको जिम्मा पाएका ठेकेदारको गुनासो छ ।
आधारभुत अस्पतालका निर्माणकालागि पहिलो चरणमा एक करोड रुपैयाँ प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरि जग्गा टुंगो नलागेकै कारण उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकामा पनि अस्पताल निर्माणकार्य अन्योलमा परेको छ ।
गाउँपालिकाको केन्द्र धोमा बनाउने भनिएको अस्पतलाको अहिलेसम्म बिस्तृत योजना प्रतिवेदन(डिपिआर) गर्ने काम समेत सम्पन्न हुनसकेको छैन् ।
“सरकारको लक्ष्य अनुसार दश शैयाको अस्पताल निर्माण गर्ने भनेर पहिलो चरणमा ८५ लाख बजेट प्राप्त भएको छ,तर जग्गा नपुग्दा निर्माणकार्य समेत अन्योलमा परेको छ”गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम पज्ञांनीले भने ।
“केही समय कोरोना महामारीले पनि समस्या पा¥यो,जग्गा नपुग्दा अस्पताल निर्माणकालागि ठेक्का समेत खुलाइएको छैन्”पंज्ञानीले थपे ।
अस्पतालका निर्माणकालागि बिस्तृत योजना प्रतिवेदन(डिपिआर)समेत नभएकाले यसपटकको बजेट फ्रिज जानसक्ने गाउँपालिकाले अनुमान छ ।
तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं ६ मा बनाउने भनिएको पाँच शैयाको अस्पताल पनि जग्गा नपुग्दा शिलान्यास समेत हुनसकेको छैन् ।
सरकारबाट आधारभुत अस्पताल निर्माणकालागि पहिलो चरणमा ७४ लाख रकम प्राप्त भएको तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगीले जानकारी दिए ।
अस्पताल निर्माणकालागि आवाश्यक सात रोपनि जग्गा नजुट्नुका साथै सम्बन्धित वडा प्रतिनिधिले आवाश्यक समन्वय गर्न नसक्दा ठेग्का नखुलाइएको डाँगीको भनाई छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?