२०८० असोज ९ गते मङ्गलवार

डाेल्पामा कोरोना संक्रमणबाट महिलाको मृत्यु



डोल्पा ४ जेठ । डोल्पामा दोस्रो लहरको कोरोना संक्रमणबाट पहिलो पटक एकजनाको मृत्यु भएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं ३ सुँ बस्ने ४५ बर्षिय कोरोना संक्रमित महिलाको उपचारको क्रममा मंगलबार बिहान जिल्ला अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक महिला दमको बिरामि भएको र अक्सिजन लेबल पैतीस भन्दा तल झरेपछि उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन विधायक केसीले जानकारी दिए ।
ज्वरो रुघाखोकीले ग्रस्त भएपछि उनलाई बैशाख ३१ गते जिल्ला अस्पतालमा ल्याइएको र लगत्तै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको केसीले बताए ।नेपाली सेनाद्वारा शव ब्यवस्थापनकाे तयारी भइरहेकाे अस्पतालले जनाएको छ ।
अहिले डोल्पामा २८ जना सक्रिय संक्रमित रहेकाछन् ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?