२०८० असोज ९ गते मङ्गलवार

सांसद शाहीको पहलमा डोल्पाको सडक पुर्वाधार निर्माणमा करोडौँ बजेट !



रामचन्द्र न्यौपाने/डोल्पा ३ जेठ,
डोल्पा प्रदेश क्षेत्र नं ख बाट निर्वाचित सांसद बिरबहादुर शाहीले जिल्लाको पुर्वाधार क्षेत्रको विकासकालागि आधा दर्जन महत्वपुर्ण योजना स्विकृत गराएकाछन् ।
नव नियुक्त कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले पद वहाली गरैकै दिन उपल्लो डोल्पामा पर्ने क्याटो– साल्दाङ्गहुँदै धोसम्म सडक निर्माणकालागि १० करोड ५५ लाख रकम स्विकृत गराएकाहुन् ।
क्याटो–साल्दाङ्गहुँदै धो जोड्ने सडक छिमेकी राष्ट्र चिन,नेपाल र भारत जोड्ने महत्वपुर्ण सडक भएकाले पनि प्रदेश सरकारको प्राथमिकतामा राख्न लगाएर बजेट बिनियोजन गर्न लगाएको सांसद शाहीले जानकारी दिए ।
“मन्त्री शर्माले पद वहाली गरेपछि सुरुमै उपल्लो डोल्पामा सडक निर्माण सम्बन्धि योजनाको फाइल स्विकृत गर्नुभयो,त्रिदेशीय ब्यापारीक नाका जोड्ने सडककालागि बजेट स्विकृतहुनु आम डोल्पालीकालागि सुखद कुरा हो”सांसद शाहीले भने ।
जिल्लाको पुर्वाधार क्षेत्रको विकासकालागि जारी आव र आगामि आवकालागिमात्रै करिब एक अर्व रकम बराबरका आधा दर्जन धेरै महत्वपुर्ण बहुबर्षिय विकास योजना प्रदेश सरकारको प्राथमिकता पार्न सफल भएको सांसद शाहीले बताए ।
निरन्तर प्रयासबाट जुम्ला–मौरे–काइगउँ–बलाङ्ग्रा लिकुहुँदै त्रिपुराकोटसम्म सडक निर्माणकालागि १० करोड,त्रिवेणीहुँदै भालुलेकसम्म सडक निर्माणकालागि ३७ करोड,जगदुल्ला देखि मुड्केचुलासम्मको सडक निर्माणकालागि ५ करोड बजेट स्किृत गराएको शाहीको बताए ।
“यि मध्ये कतिपय योजना टेण्डरको प्रक्रियामा छन्,कति डिपिआरको चरणमा छन्,कतिपय योजनाको कामनै सुरु भइसक्यो,डोल्पा भौगोलिक रुपमा विकट भएकाले पनि पुर्ण रुपमा सुगमतासँग जोड्न मोटरेवल पुल सहितका सडक पुर्वाधार निर्माणमा जोड दिनुपर्छ” शाहीले भने ।
त्रिवेणी–भालुलेकसम्म सडक निर्माणलागि टेण्डर प्रक्रियामा जानुकासाथै जगदुल्लादेखि मुड्केचुलासम्म सडक निर्माणको कामनै सुरु भइसकेको शाहीले बताए ।
पक्की पुल सहितको सडक पुर्वाधारको अभावमा राष्ट्रिय महत्वको योजनाको रुपमा रहको जगदुल्ला हाइड्रो पावर निर्माणकालागि आवाश्यक सामाग्री ढुवानी गर्न समस्या भएपछि त्रिवेणी–जगदुल्ला सडकखण्डमा पर्ने चारवटा पक्की पुलकालागि प्रदेश सरकारबाट बजेट स्विकृत गराई टेण्डर प्रक्रियामा गइसकेको सांसद शाहीले बताए ।
त्यतिमात्र नभई जुम्ला काइगउँ बलाङ्ग्राहुँदै त्रिपुराकोट जोड्ने सडकखण्डमा पर्ने काइगउँ खोलामा पर्ने मोटरेवल पुल निर्माण र काइगउँ त्रिवेणी जोड्ने सडक अन्तर्गत पर्ने बालुवाकुनामा मोटरेवल पुल निर्माणकालालि टेण्डर भइसकेको शाहीको भनाई छ ।
सफल राजनितिक नेतृत्वलेनै जनताका हरेक समस्या समाधान गर्नुकासाथै जिल्लाको समग्र विकासले फड्को मार्ने भएकाले जिल्ला र जनताको सेवाकालागि जुनसुकै समयमा पनि तत्पर रहेको शाहिले प्रष्ट पारे ।
सांसद शाहीले जस्तोसुकै अवस्थामा पनि जनताका गुनासा सुन्ने भ्रष्टाचारबिरोधि र विकास प्रेमी नेताको रुपमा जिल्लामा आफ्नो छवि बनाएकाछन् ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?