
डाेल्पा २७ बैशाख,डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाले नगर प्रमुख ओमबहादुर बुढाको सम्झनामा तीन दिन शाेक मनाउने निर्णय गरेकाे छ ।
नगर प्रमुख बुढाकाे निधनपछि साेमबार बसेकाे नगरसभाकाे बैठकले तीन दिनसम्म शाेक मनाउने
निर्णय गरेकाे हाे।
पहिलाे दिन नगरपालिका कार्यालयमा शाेक सभा अायाेजना गर्दै तीन दिनसम्म नगरपालिका र ११ वडाका सम्पुर्ण कामकाज बन्द गर्नुे नगरपालिकाले जनाएको छ ।
नगरसभाबाट तीन दिनसम्म नगरपालिका कार्यालयकाे झण्डा अाधा झुकाउने निर्णय भएको उपप्रमुख चन्द्राकुमारी बुढाले जानकारी दिनुभयाे ।
एमालेबाट निर्वाचित नगरप्रमुख बुढाकाे कोरोना संक्रमणबाट काठमाडाैँकाे निधन भएको थियाे ।
बहुदलपछि २०४९ सालमा जिविस सभापति समेत भइसकेको बुढा जिल्लाका एक कुशल,विकासप्रेमी र इमान्दार राजनीतिज्ञका रुपमा परिचित थिए।
प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार