२०८० असोज ९ गते मङ्गलवार

बेमौसममा डाेल्पा ल्याइयो ९१ लाखका १८ हजार ओखरका बिरुवा



रामचन्द्र न्यौपाने/डोल्पा २७ बैशाख,
डोल्पामा व्यावसायिक ओखर खेतीका लागि च्यान्दलर,फिन्क्वाइट लगायतका जातका अठार हजार बिरुवा खरिद गरि जहाजमा ढुवानी सुरु गरिएको छ ।
क्षेत्रिय कृषि निर्देशनालय सुर्खेतको एकानब्बे लाख ६२ हजार रकमको अनुदान कार्यक्रमबाट बिरुवा खरिद गरि सोमबारबाट जहाजमा ढुवानी सुरु गरिएको हो ।
सोमबारमात्रै समिट एयरको जहाजमा नेपालगञ्जबाट नौ हजार बिरुवा ढुवानी गरेर जुफाल विमानस्थल झारिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख शरद लामाले जानकारी दिए ।
सम्पुर्ण बिरुवा ढुवानीको जिम्मा समिट एयरले लिएकाले बाँकी नौ हजार बिरुवा मंगलबार आइपुग्ने लामाको भनाई छ ।
एउटा ओखरको बिरुवाको टर्कीबाट खरिदगरि समुन्द्रीमार्ग हुँदै डोल्पासम्म ल्याइ पु¥याउँदा पाँच सय नौ रुपैया परेको कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लाका सम्पुर्ण ओखर पकेट र बल्गमा आवद्ध इच्छुक कृषक तथा समुहकालागि बिरुवा वितरणकालागि आइतबारनै सुचना जारी गरिएको कार्यालयको भनाई छ ।
मंगलबार देखिनै बिरुवा वितरण धमाधम सुरु गरेर तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिका पठाउने कृषि कार्यालयले जनाएको छ ।
सात समुन्द्र पारीबाट ल्याइएको च्यान्दलर जातको ओखरले राम्रोसँग हुर्काउन सके लगाएको एक बर्षमै फल दिने कार्यालको दाबी छ ।
अनुपयुक्त समयमा आयो बिरुवा
यस बर्ष पनि झन्डै एक करोडका बिरुवा अनुपयुक्त समयमा आएको कृषि प्राविधिकहरुले बताएकाछन् ।
ओखर लगाउने उपयुक्त समय माघ फागुनमा भएपनि बैशाख अन्तिममा बिरुवा ल्याएर बिरुवा लगाउनु उपयुक्त नभएको प्राविधिकहरुको भनाई छ ।
“जुनसुकै जातको ओखर लगाउने समय पनि माघ फागुन हो,यो समयमा लगाएका बिरुवा हुर्काउन धेरै मिहेनत गर्नु पर्दैन,यतिखेर ल्याइएका बिरुवा हुकार्उन धेरै मिहेनत गर्नुपर्छ”कृषि अभियान्ता जीवन शाहीले भने ।
ओखरको बिरुवमा धेरै संवेदनशीलहुने भएकाले हुर्काउनसके असारसम्म पनि ओखर बिरुवा लगाउन सकिने अभियान्ता शाहीको भनाई छ ।
ठेक्का प्रक्रियामा गएर खरिद गर्दै ढिला भएको र ओखर बिरुवा लगाउने अनुपयुक्त समयमा बिरुवा आइपुगेको बताइएको छ ।
मिहेनती कृषकले अहिले लिएका बिरुवा नर्सरीमा हुर्काएर अर्को बर्ष फागुनमा रोप्नसक्ने निमित्त प्रमुख लामाको भनाई छ ।
अघिल्लो बर्ष पनि टर्किबाट १ करोड १२ लाख ५० हजार रकम बराबरका पन्ध्र हजार च्यान्दलर जातका ओखरका बिरुवा पु¥याइएको कृषि कार्यालयले जनाएको छ ।
अघिल्लो सवा करोडमा ल्याएर बितरण गरिएका ओखरका बिरुवाहरु कतिपय पकेट र ब्लगमा फस्टाए पनि कतैकतै भने हुर्काउन नसकेर सबै सुकेको बताइएको छ ।
जिल्ला भरिमा सात वटा ओखर पकेट र एउटा ब्लग रहेको छन् ।

 

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?