
डोल्पा २३ बैशाख। उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो बाट चारजना बिरामि कर्मचारीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
चार दिन देखि बिरामिले थला परेका स्वास्थ्य संयोजक सुरेन्द्र बिक, प्राविधिक खेमराज सिँह,प्राविधिक माधन पुन र तिन्जे स्वास्थ्य चौकी प्रमुख दिक्पाल रोकायको बिहिवार विहान सिम्रिक एयरको हेलिकप्टरबाट उद्धारहुन गरिएको हो ।
चारैजनालाई उद्धार गरेर उपचारकालागि सुर्खेत लगिएको गाउँपालिकाले जनाएको छ ।
कार्यालयको कामको शिलशिलामा बैशाख ४ गते उपल्लो डोल्पा हिँडेका बिरामि कर्मचारीहरु रुखाखोकी,ज्वरो,शरिर दुख्ने र सासफेर्न गाह्रोहुने समस्याले सिकिस्त भएका थिए ।
मौसमा सुधार नभएपछि पहल गरेको तीन दिनपछिमात्र हेलिकप्टरबाट उद्धारगर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम पंज्ञानीले बताए ।
हेलिकप्टकालागि गाउँपालिकाले छ लाख धेरै खर्च गरेको पंज्ञानीको भनाई छ ।
हिजो अस्तीको तुलनामा चारैजना कर्मचारीको स्वास्थ्य अवस्था केही सुधार भएको धोबाट प्राविधिक कृष्णरुप बुढाले जानकारी दिए ।
चार कर्मचारीको स्वास्थ्य जोखिमलाई मध्येनजर राख्दै तीन दिनको अथक प्रयासले काठमाण्डौबाट हेलिकप्टर उडाइ उद्धारगर्न सफल भएको बरिष्ठ युवा पर्यटन व्यवसायि जितेन्द्र झाँक्रिले बताए ।