२०८० जेष्ठ २६ गते शुक्रवार

डाेल्पाकाे धो मा तीनदेखि सिकिस्त चार बिरामि कर्मचारीको उद्धारहुन सकेन !



रामचन्द्र न्याैपाने/डोल्पा २२ बैशाख,
डोल्पाको उत्तरी क्षेत्र अन्तर्गत डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो मा सिकिस्त बिरामि परेका चारजना कर्मचारीको अझै उद्धारहुन सकेको छैन् ।
तीन दिन देखि बिरामिले थला परेका स्वास्थ्य संयोजक सुरेन्द्र बिक, प्राविधिक खेमराज सिँह,प्राविधिक माधन पुन र तिन्जे स्वास्थ्य चौकी प्रमुख दिक्पाल रोकायको उद्धारहुन नसकेको हो ।
बिरामिहरु आफै हिँडेर दुनैपुग्ने अवस्था नभएकाले हेलिकप्टरबाट उद्धारकालागि मंगलबार देखि पहल गरिएपनि मौसममा आएको खराबिले काठमाण्डौबाट हेलिकप्टर आउन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम पंज्ञानीले जानकारी दिए ।
कार्यालयको कामको शिलशिलामा बैशाख ४ गते उपल्लो डोल्पा हिँडेका बिरामि कर्मचारीहरु रुखाखोकी,ज्वरो,शरिर दुख्ने र सासफेर्ने गाह्रोहुने समस्याले सिकिस्त भएको पंज्ञानीले बताए ।
गाउँपालिकाकै खर्चमा हेलिकप्टर झिकाउन निरन्तर लागिरहेपनि मौसमले साथ नदिएकाले मान्छे र घोडामा बोकाएरु जतिसक्दो तल झार्ने कि भन्ने सल्लाह पनि भइरहेको पंज्ञानीको भनाई छ ।
यि मध्ये स्वास्थ्य संयोजक विकको स्वाथ्य अवस्था अन्य तीनको तुलनामा थप जटिल रहेको सँगै रहनुभएका अर्का प्राविधिक कृष्णरुप बुढाले जानकारी दिए ।
बिरामिहरुमा कोभिड जस्तो लक्षण देखिएपनि उपल्लो डोल्पामा परीक्षण गर्ने कुनै माध्याम नभएकाले एकिन गर्न नसिकएको प्राविधिक बुढाको भनाई छ ।
हिजोदेखिनै मौसमा बिगे्रर काठमाण्डौ,पोखराहुँदै उपल्लो डोल्पा पुग्ने हवाई रुटहरु नखुलेकाले काठमाण्डौबाट हेलिकप्टर उड्न नसकेको बरिष्ठ पर्यटन व्यवसायि जितेन्द्र झाँक्रिले जानकारी दिए ।
धोबाट दुनै पुग्नमात्रै तीन लाग्ने गर्दछ ।

 

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?