
रामचन्द्र न्याैपाने
डाेल्पा । डाेल्पामा बिगतदेखिनै श्रृङखलाबद्व रुपमा चाेरी हुँदै आएका पुरातात्त्विक मुर्ति तस्करहरु पत्ता लगाउन माग गर्दै युवासंघ डाेल्पाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।
डाेल्पाका विभिन्न क्षेत्रमा बसाेबास गर्ने बाैद्वमार्गीहरुकाे अास्थाका धराेहरुकाे रुपमा रहेका पुरातात्त्विक गुम्बाका बहुमुल्य मुर्तिहरु श्रृङखलाबद्व रुपमा चाेरीहुन थालेपछि छिटोभन्दा छिटाे दाेषि पत्ता लगाइ कानुनी कठघरामा उभ्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको युवासंघ डाेल्पाले जनाएकाे छ ।
युवासंघ नेपालका स्थायी कमिटी सदस्य तथा डाेल्पा जिल्ला इन्चार्ज मान प्रसाद बुढा तथा अनेरास्ववियु केन्द्रीय सदस्य माेहन बुढा नेतृत्वमा प्रशासन पुगेकाे युवाहरुकाे टाेलीले प्रजिअ माधवप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हाे ।
गत बैशाख १५ गते काइके गाउँपालिका १ स्थित धाेर्चेन पाेल्ट्रि गुम्बाका १४ थान पुरातात्त्विक मुर्ति चाेरी भएसँगै गम्भीर ध्यानाकर्षण भएकाे बताइएकाे छ ।
यससँगै उपल्लो डाेल्पामा पर्ने शे-गुम्बा,थासुँङ् छाेलिङ् गुम्बा,सिमेन गुम्बा लगायतका दर्जनाै गुम्बाहरु विगतदेखिनै एकपछि अर्को गर्दै चाेरी भएपनि बर्षाैसम्म अपराधी कानुनी दायरामा अाउन नसकेकाले प्रहरी प्रशासनलाई सशक्त ढङ्गबाट अनुसन्धान सुरु गरि यथाशक्य दाेषि पत्ता लगाउन माग गरिएको छ ।
पटकपटक गुम्बा चाेरीहुने तर अपराधी पत्ता नलाग्ने भएकाले डाेल्पा मुर्ति तस्करहरुकालागि उपयुुक्त ठाउँ सावित भएकाे भन्दै सदस्य बुढाले दुख ब्यक्त गरे ।
बारम्बार भइरहकाे गुम्बाका पुरातात्त्विक मुर्ति चाेरीले बाैद्वमार्गिहरुकाे अास्थामा ठुलाे चाेट पुगेकाे बताउँदै त्सानोतिना व्यक्तिको प्रयासबाट याे सम्भव नहुने बुढाकाे दाबी छ ।
गुम्बाका पुरातात्त्विक मुर्ति चाेरीमा संलग्न दाेषि पत्ता लगाउन प्रहरी प्रशासनलाई युवासंघले जुनसुकै सहयोग गर्न पनि तत्पर रहेकाे उनको भनाइ छ ।
केन्द्रीय सदस्य बुढाले ज्ञापनपत्रलाई प्रहरी प्रशासनले सकारात्मक रुपमा लिएको बताउँदै पुरातात्त्विक सम्पदा संरक्षणमा र जगेर्नामा युवासंघ भनेर अभियाननै चलायर लागि परेकाे बताए ।