२०८० मङ्सिर २१ गते बिहिवार

काइके गाउँपालिकाका जनप्रतिनिधिको तलब भत्ता बिपत कोषमा !



डोल्पा । डोल्पाको काइके गाउँपालिकाका जनप्रतिनिधिले एक महिना बराबरको तलब भत्ता बिपत कोषमा जम्मा गर्ने निर्णय गरेकाछन् ।
गाउँकार्यपालिकाको बैठकबाट सम्पुर्ण जनप्रतिनिधिहरुको तलब भत्ता गाउँपालिकाकै बिपत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
महामारीका बेला नागरिकको ज्यानको सुरक्षा गर्नु स्थानीय सरकारको कर्तव्य भएकाले पनि जनप्रतिनिधिले पाउने तलब भत्ता बिपत कोषमा राखेर नागरिककै हितमा खर्च गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष अंगत रानाले बताए ।
त्यसैगरी कोरोना कहरमा स्वास्थ्यकर्मीहरु कार्यालय समय बाहेकमा पनि खटिनुपर्ने भएकाले उनिहरुकालागि दश हजार जोखिम भत्ता समेत व्यवस्था गरिएको अध्यक्ष रानाले बताए ।
कोरोना संक्रमणलाइ न्युनिकरण गर्न पुर्व तयारी स्वरुप गाउँपालिका सिल, आइसोलेसन, क्वारेटिन निर्माण तथा औषधिको व्यवस्था गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सम्झना अधिकारीले जानकारी दिइन् ।
कोरोना संक्रमणबाट गाउँपालिकालाई सुरक्षित राख्न कोभिड व्यवस्थापन समिति गठनगर्नुका साथै सम्बन्धित वडा अध्यक्षको नेतृत्वमा सचेतना कार्यक्रम गर्ने समेत निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?