२०८१ बैशाख ६ गते बिहिवार

डोल्पामा दैनिक थपिँदै कोरोना संक्रमित,कुल १४ जनामा संक्रमण

जिल्ला भित्रने नागरिकबाट संक्रमण फैलँदै


रामचन्द्र न्यौपाने/डोल्पा १८ बैशाख,
डोल्पामा कोरोना संक्रमितको सङ्ख्या दिनप्रतिदिन बड्न थालेको छ ।
नेपालगञ्ज,काठमाण्डौ,सुर्खेत लगाएतका जिल्लाबाट जहाज तथा सडकमार्गबाट भित्रने सर्वसाधारण बडेसँगै संक्रमणदर पनि फैलँदै गएको हो ।
शनिवार जहाजबाट जुफाल झरेका बयालीस जना व्यक्तिको एन्टिजिन परीक्षण गर्दा थप ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय डोल्पा निमित्त प्रमुख अमर सिँह शाहीले जानकारी दिए ।
पुरुष नौ र महिला पाँच गरेर कुल चौध जना व्यक्तिमा कोरोना संक्रमण देखिएको शाहीको भनाई छ ।
शनिवार जहाजबाट जुफाल झरेका बयालीस जना व्यक्तिको एन्टिजिन परीक्षण गर्दा थप चार जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
संक्रमित चौध जनामध्ये बाह्र जना होम आइसोलेसनमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको निमित्त प्रमुख शाहीको भनाइ छ ।
दुई जना संक्रमितको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतलामा उपचार गराइरहेका दुई जना मध्ये एकजनालाइ लक्षण सहितको संक्रमण देखिएपनि अहिलो निकोहुने अवस्थामा रहेकाले पुनःपरीक्षण गरेर घर पठाउने तयारी भइरहेको डाक्टर मेलिना हमालले जानकारी दिइन् ।
स्वास्थ्य सेवा कार्यालयमा पर्याप्त आइसोलेन बेड नहुँदा गम्भीर लक्षण देखिएका दुईजना बिरामिकोमात्र उपचारगर्न सकिने डा.हमालको भनाइ छ ।
जिल्लामा प्रत्येक दिन कोरोना संक्रमितको सङ्ख्या बड्न थालेपछि स्थानीयमा त्रास छाएको छ ।
सडकमार्गबाट आएका बिना परीक्षणनै घरमा
जिल्ला बाहिरबाट सडकमार्गबाट भित्रिएका नागरिक परीक्षण बिनानै घरजाने गरेकाछन् ।
गत १३ गतेदेखि हालसम्म सडकमार्ग र हवाईमार्ग गरेर कुल ६ सय २० जना नागरिक डोल्पा भित्रिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
जसमा खदाङ्ग नाकाबाटमात्रै ३ सय ४० जना भित्रिएको खदाङ्ग प्रहरीले जनाएको छ ।
त्यसैगरी जहाजबाट जुफाल विमानस्थल झर्नेको सङ्ख्या २ सय ८० जना रहेको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
हवाइमार्गबाट आएका नागरिकको धमाधम परीक्षण गर्दा हरेक दिन संक्रमित थपिने गरेपनि सडकमार्गबाट भित्रिएका नागरिक भने परीक्षण बिनानै घरपुग्ने गरेकाछन् ।
जहाजबाट भन्दा सडकमार्गबाट धेरै नागरिकहरु जिल्ला भित्रिएकाछन् ।
उनिहरु सबैको स्वास्थ्य परीक्षण गर्दा बिसौँ संक्रमित थपिने स्थानीय प्रशासनको अनुमान छ ।
जिल्ला बाहिरबाटै भित्रिएका नागरिकबाटै जिल्लामा कोरोना संक्रमण दर बड्दै गएको सरोकारवालको भनाइ छ ।
जहाजबाट आएका नागरिक जस्तै सडकमार्गबाट आएका नागरिकको पनि एन्टिजिन परीक्षण गरेर पुर्व सतर्कता अपनाउनु पर्ने उनिहरुको भनाइ छ ।
यार्सापाटन खाेल्ने निर्णय अवैज्ञानिक
जिल्लामा कोरोना संक्रमितको सङ्ख्या दिनप्रतिदिन बडेपनि आगामि जेठ दश गतेदेखि यार्सापाटन खोल्ने निर्णय गरिएको छ ।
शुक्रवार जिल्ला समन्वय समितिको सभाहलमा बसेको सर्वपक्षिय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटनहरु खुला गर्ने निर्णय गरेको हो ।
कोराना कहरका कारण अघिल्लो बर्ष बन्द भएका यार्सागुम्बा पाटन यस बर्ष भने आगामि जेठ १० गते देखि खुला गर्ने गरि निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकालले बताए ।
“देशभर कोरोना संक्रमणले धमाधम मान्छे मरिरहेकाछन्, डोल्पामा पनि दश जना संक्रमित पुगिसके,यहि दरमा संक्रमण बडे यार्सागुम्बा पाटन खुला गर्ने बिषयमा पुनःएक पटक सोच्नु पर्ने हुन्छ,निर्णय पनि सोही अनुसार भएको छ” प्रजिअ ढकालले भने ।
प्रशासनको कर्तव्य सुरक्षा संयन्त्र परिचालन सँगै जनताको जीउधनको रक्षा गर्नु पनि भएकाले महामारी सर्वप्रथम नागरिक जोगाउनु राज्यको पहिलो कर्तब्य भएको प्रजिअ ढकालको भनाइ छ ।
जिल्लाबासीको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको वहुमुल्य जडिबुटी यार्सागुम्बा खोल्ने निर्णयसँगै अधिकाशं नागरिकले खुशिव्यक्त गरेकाछन् भने कतिपयले बिरोध समेत गरेकाछन् ।
अधिकाशं नागरिकले अघिल्लो बर्ष यार्सागुम्बा नखुल्दा जिल्लाबासीको आर्थिक अवस्था धरासायी भएकाले यार्सापाटन खोल्ने निर्णय स्वागतयोग्य भएको बताए ।
देशमा कोरोना संक्रमणले धमाधम मान्छे मरिरहेकाले हजारौँ मान्छे पुग्ने यार्सापाटनमा संक्रमण फैलिय भयावह अवस्था आउनसक्ने भन्दै अहिलेनै यार्सापाटन खोल्ने निर्णय गर्नु उपयुक्त नभएको ठुलिभेरी नगरपालिकामा युवा मोहन बुढाले बताए ।
अहिलेनै पुर्व सतर्कता नपनाएर यार्सापाटन खुला गरिए भोली डोल्पा भारतको दिल्ली जस्तै नहोला भन्न नसकिने बुढाको भनाइ छ ।
बहुमुल्य यार्सागुम्बा संकलनकालागि हरेक बर्ष बिसौँ हजार नागरिक यार्सापाटन पुग्ने गर्दछन् ।
होटेल पसल,यार्सापाटन खुला गरेर विद्यालय बन्द गर्नु अनुपयुक्त
केही दिन अघि बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रले जिल्लाका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
संकट व्यवस्थापन समितिको निर्णयसँगै जिल्लाका आठवटा स्थानीय तहका एक सय पन्ध्रवटै बिद्यालय बन्द गरिएको छ ।
कोरोना कहरकै कारण करिब दश महिना बन्द भएका विद्यालयहरु खुलेको चार महिना नपुग्दै पुनः बन्द भएको त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुरा माविका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए ।
यससँगै १९ बैशाख देखि तोखिएको विद्यार्थीको बार्षिक परीक्षा समेत स्थगित भएको उपाध्यायको भनाइ छ ।
“यार्सापाटन खोल्ने,बजार खुला गर्ने,सार्वजानिक कार्यक्रम हुने तर बिद्यालयमात्रै बन्द गर्ने,यो उपयुक्त निर्णय होइन्,बाहिरबाट संक्रमण बिद्यालयमा भित्रने हो”उपाध्यायले भने ।
सबैक्षेत्र खुला गर्ने हो बिद्यालयमात्रै बन्द गर्नुको कुनै पनि औचित्य नहुने उनको धारण छ ।
भएका दुई भेन्टिलेर पनि चालु छैन्,अक्सिजन सिलिण्डरको समेत अभाव
जिल्लामा कोरोना संक्रमित थपिँदै जाँदा कोरोना विरुद्धको तयारी भने सुस्त देखिएको छ ।
संक्रमित चौध जना पुग्दा जिल्ला अस्पतालमा दुईवटामात्र आइसीयु बेड रहेकाछन् ।
बत्तीको पावर नपुग्दा भएका दुईवटा भेन्टिलेटर पनि चालु अवस्थामा नरहेको निमित्त स्वास्थ्य सेवा कार्यालय प्रमुख अमर सिँह शाहीले जानकारी दिए ।
जिल्लामा मौज्दात अक्सिजिन सिलिण्डर दुईवटामात्र रहेकाले आजमात्रै भर्नकालागि नेपालगञ्ज पठाइएको शाहीले बताए ।
अक्सिजन कन्सन्टेटर पाँचवटा भएपनि दुनै रहेको बत्तीको पावरले राम्रोसँग काम नगर्ने गरेको शाहीको भनाई छ ।
एकै पटक लक्षण सहितका चार–पाच जना कोरोना संक्रमित बिरामि आएभने आइसियु बेड र अक्सिजिनको समस्याहुने देखिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
जिल्ला संकट व्यवस्थापनको बैठककमा स्थानीय तहका प्रतिनिधि उपस्थित नहुँदा आवाश्यक समन्वय गर्न समस्या भइरहको कार्यालयको भनाई छ ।
तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकामा एक सय,मुड्केचुलामा एकसय पचास ,त्रिपुरासुन्दरी नगरपालिकामा एकसय एन्टिजिन किट पठाइएको बताइएको छ ।
स्थानीय तहको तयारी सुस्त
नागरिकको नजिकैको सरकारको रुपमा रहेका डोल्पाका स्थानीय तहले दोस्रो चरणमा कोरोना विरुद्धको तयारीमा तयारी भने थालेका छैनन् ।
अघिल्लो बर्ष संघिय सरकारको दवाबमा नाममात्रका क्वारेन्टाइन तथा आइसोलेसन वार्ड बनाएका स्थानीयले यस बर्ष भने नाकामा सामान्य हेल्थ डेस्कसम्म स्थापना गरेका छैनन् ।
जिल्लामा संक्रमित थपिदै जाँदा क्वारेन्टाइन तथा आइसोलेसन भवन निर्माण,एन्टिजिन किट खरिद तथा परीक्षण,औषधि खरीद तथा स्वास्थ्यकर्मी परीचालन लगायतका कुनै पनि काम भएको छैन् ।
जिल्लाका त्रिपुरासुन्दरी,ठुलिभेरी नगरपालिका,जगदुल्ला,मुड्केचुला, काइके, डोल्पोबुद्ध, शे–फोक्सुण्डो, छार्काताङ्सोङ् गाउँपालिकाले आवाश्यक तयारी नथालेकाहुन् ।
स्थानीय तहले जिल्ला भित्रने नाकामा कडाइ गर्ने,जिल्ला बाहिरबाट भित्रिएका तथा बिरामि नागरिकको एन्टिजिन परीक्षणको दायरा फरालिले,प्रत्येक स्थानीय तहमा अक्सिजन सहितको आइसोलन बेड तयारी अवस्थामा राख्नुपर्ने सरोकारवालाको भनाई छ ।
महामारीका बेला प्रशासनमात्रैले केही गर्न नसक्ने भएकाले तुलानात्मक रुपमा स्थानीय तह थप शसक्त र क्रियाशील हुनुपर्ने प्रजिअ माधव प्रसाद ढकालको भनाई छ ।

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?