२०८० जेष्ठ १९ गते शुक्रवार

काेराेना कहरमा डोल्पामा यार्सापाटन खाेल्ने निर्णय !



रामचन्द्र न्यौपाने/डोल्पा १७ बैशाख,
अघिल्लो बर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस बर्ष खुला गर्ने निर्णय गरिएको छ ।
शुक्रवार जिल्ला समन्वय समितिको सभाहलमा बसेको सर्वपक्षिय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटनहरु खुला गर्ने निर्णय गरेको हो ।
कोराना कहरका कारण अघिल्लो बर्ष बन्द भएका यार्सागुम्बा पाटन यस बर्ष भने आगामि जेठ १० गते देखि खुला गर्ने गरि निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकालले बताए ।
“देशभर कोरोना संक्रमणले धमाधम मान्छे मरिरहेकाछन्, डोल्पामा पनि दश जना संक्रमित पुगिसके,यहि दरमा संक्रमण बडे यार्सागुम्बा पाटन खुला गर्ने बिषयमा पुनःएक पटक सोच्नु पर्ने हुन्छ,निर्णय पनि सोही अनुसार भएको छ” प्रजिअ ढकालले भने ।
प्रशासनको कर्तव्य सुरक्षा संयन्त्र परिचालन सँगै जनताको जीउधनको रक्षा गर्नु पनि भएकाले महामारी सर्वप्रथम नागरिक जोगाउनु राज्यको पहिलो कर्तब्य भएको प्रजिअ ढकालको भनाइ छ ।
जिल्लाबासीको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको वहुमुल्य जडिबुटी यार्सागुम्बा खोल्ने निर्णयसँगै अधिकाशं नागरिकले खुशिव्यक्त गरेकाछन् भने कतिपयले बिरोध समेत गरेकाछन् ।
अधिकाशं नागरिकले अघिल्लो बर्ष यार्सागुम्बा नखुल्दा जिल्लाबासीको आर्थिक अवस्था धरासायी भएकाले यार्सापाटन खोल्ने निर्णय स्वागतयोग्य भएको बताए ।
देशमा कोरोना संक्रमणले धमाधम मान्छे मरिरहेकाले हजारौँ मान्छे पुग्ने यार्सापाटनमा संक्रमण फैलिय भयावह अवस्था आउनसक्ने भन्दै अहिलेनै यार्सापाटन खोल्ने निर्णय गर्नु उपयुक्त नभएको कतिपय नागरिकको भनाइ छ ।
यार्सापाटन खोल्ने निर्णयसँगै डोल्पाली नागरिकहरु पाटन जानकालागि बन्दोबस्तीका सामान जोहो गर्नतीर लागेकाछन् ।
यार्सा सिजन अगावै चोरीतस्करी रोक्नलागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा नेपाली सेना र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा शसत्र प्रहरी तथा नेपाल प्रहरी परीचालन गर्ने बताइएको छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै यार्सापाटन खुला गर्नुका साथै औषधिसहित स्वास्थ्यकर्मीको मोवाइल टोली समेत परिचालन गरिनेछ ।
डोल्पाका दुई सय भन्दा धेरै यार्सापाटनमा पाइने वहुमुल्य जडिबुटी यार्सागुम्बा संकलन जिल्ला बाहिरका नागरिकले पनि संकलन गर्न पाउने निकुञ्जले जनाएको छ ।
यार्सागुम्बा संकलनकालागि मध्येवर्ती क्षेत्रका नागरिक,मध्येवर्ती क्षेत्र बाहेक जिल्ला भित्रका नागरिक र जिल्ला बाहिरका नागरिककालागि छुट्टाछुट्टै प्रवेश शुल्क निर्धारण गरिएको छ ।
प्रवेश शुल्क स्वरुप क्रमश पाँचसय,दुई हजार र तीन हजार रकम तिर्नुपर्ने छ ।

 

 

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?