२०८० जेष्ठ १९ गते शुक्रवार

डोल्पा प्रवेशगर्न एन्टिजिन नेगेटिभ रिपोर्ट अनिवार्य,कुल चार जनामा संक्रमण



डोल्पा १६ बैशाख,
हिमाली जिल्ला डोल्पा प्रवेश गर्न एन्टिजिन वा पिसिआर नेगेटिभ रिपोर्ट चाहिने भएको छ ।
देशव्यापी रुपमा बड्दै गएको कोरोना भाइरस संक्रमणबाट जिल्लालाई सुरक्षित बनाउन जिल्ला प्रवेशकालागि पिसिआर वा एन्टिजिन नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको हो ।
हवाई र स्थलमार्गबाट जिल्ला भित्रने नागरिकहरुबाट कोरोना भित्रनसक्ने भन्दै २० बैशाख देखि लागुहुनेगरि जिल्ला भित्रने सम्पुर्ण नागरिककालागि पिसिआर वा एन्टिजिन नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको प्रजिअ माधव प्रसाद ढकालले जानकारी दिए ।
पिसिआर वा एन्टिजिन पोजेटिभ रिपोर्ट देखिएका व्यक्तिहरु जिल्ला भित्रन नपाइने प्रजिअ ढकालको भनाई छ ।
जुफाल विमानस्थलमा कार्यरत एकजना कर्मचारी कोरोना पोजेटिभ देखिएसँगै हवाइ माध्यामबाट नेपालगञ्जबाट आएका ४२ जनाको एन्टिजिन परिक्षण गराउँदा थप तीन जनाको पोजेटिभ देखिएको प्रजिअ ढकालले बताए ।
संक्रमित चारैजनाको अवस्था सामान्य भएकाले सबैलाइ सुरक्षित तरिकाले होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको ढकालको भनाई छ ।
यसअघिनै कोरोना संक्रमणको जोखिमलाइ मध्येनगर राख्दै जिल्लाका सम्पुर्ण शैक्षिक संस्था बन्द गर्ने तथा पुर्व निर्धारीत बार्षिक परीक्षाहरु समेत स्थगन गर्ने निर्णय भइसकेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?