२०८१ बैशाख ७ गते शुक्रवार

डोल्पामा घोडाले टोकेर तीन जना घाइते,घोडाको मृत्यु



रामचन्द्र न्यौपाने/डोल्पा १६ बैशाख,
हिमाली जिल्ला डोल्पामा घोडाले टोकेर तीन जना घाइते भएकाछन् ।
त्रिपुरासुन्दरी नगरपालिका वडा नं १० मा पर्ने लिकुमा तीनजना स्थानीयलाई शरिरका विभिन्न भागमा टोकेर घाइते बनाएको स्थानीय युवा शिवानन्द गिरीले जानकारी दिए ।
घाइते हुनेमा १७ बर्षिय सुकबीर बोहोरा,१६ बर्षिय बलबहादुर शाही र ४० बर्षिय चन्दबीर बोहोरा रहेकाछन् ।
यस अघि सजिलै छोप्न दिने घोडा एक्कासि अनियन्त्रित रिसाएर भएर मान्छेलाइ लखेटी लखेटी टोकेको र केही समयपछि घोडा पनि मरेको गिरीले बताए ।
घोडा बहुलाएको देख्दा घोडालाइ रेबिज लागेको आशंका गरिएको छ ।
घाइतेलाइ सबैलाई जिल्ला अस्पतालमा पु¥यायर रेबिज बिरुद्धको खोप लगाइसकिएको गिरीको भनाई छ ।
लिकुमा स्थानीयले पालेका अन्य घोडाहरु पनि बौलायर अनियन्त्रित भएको स्थानीयको भनाई छ ।

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?