२०८० जेष्ठ १९ गते शुक्रवार

तालिममा सहभागी कर्मचारीद्वारा नगद सहयोग



डाेल्पा । मानव सेवा आश्रमले खुल्ला आकाश मुनि सडक जीवन बिताउन विवस भएका अनाथ, अपाङगता भएका, अशक्त, असहाय तथा सहयोगापेक्षी नागरिकहरुलाई सहयोग गर्दै आएको छ । यी मानवहरुको उद्धार, उपचार, पालन पोषण संरक्षण तथा पारिवारिक पुनर्मिलनको व्यवस्थापनका लागि यो संस्थाले काम गरिरहेको छ । अनाथ, असहाय, मानसिक सन्तुलन गुमाएका र यस क्षेत्रमा मागेर जिवन निर्वाह गरिरहेका ७४ जना नागरिकहरु उक्त आश्रममा छन् ।

कर्णाली प्रदेश सुशासन केन्द्र सुर्खेतमा यस प्रदेश अन्तगर्तका संघीय कार्यालयमा कार्यरत रापअं प्रथम र द्धितीय श्रेणीका कर्मचारी र प्रदेश तथा स्थानीय तहमा कार्यरत सहायक स्तर पाचौ र चौथो तह कर्मचारीहरुको लागि २०७७ चैत्र ८ देखि संञ्चालन भएको सेवा प्रवाहका लागि कार्यालय कार्यविधि तथा व्यवस्थापन विषयक ४० दिने सेवाकालिन तालिममा सहभागी प्रशिक्षार्थीहरु मध्ये विहानी समूहका सहभागीहरुले आश्रमलाई नगद सहयोग गरेका हुन ।

असहाय नागरिकहरुको उद्धार, उपचार, पालन पोषण संरक्षण तथा पारिवारिक पुनर्मिलनको व्यवस्थापनका लागि थोरै भए पनि सहयोग पुगोस भन्ने हेतुले नयाँ बर्ष शुभकामना सहित तालिमका ३१ जना सहभागीहरुबाट एकमुष्ट २२ हजार नगद आश्रमका सहायक व्यवस्थापक संजिता गौतमलाई सोमबार दिउसो आश्रममै पुगेर हस्तान्तरण गरिएको तालिमका सहभागी देब बहादुर बुढाले जानकारी दिए ।

झट हेर्दा रकम सानो भए पनि सामूहिक निर्णयबाट गरिएको यो सहयोगले थप सहयोगी मन तथा हातहरु बढ्ने विश्वास लिइएको छ । उक्त तालिमका सहभागीहरुले पिकनिकको लागि जम्मा गरेको रकमबाट मानव सेवा आश्रम सुर्खेतको लागि हस्तान्तरण गरिएको रकम बचाएको बुढाको भनाई छ ।

प्रकाशित मिति : २०७८ बैशाख १ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?