
डाेल्पा २४ चैत्र,
हिमाली जिल्ला डाेल्पामा दुई दिनदेखि फाेन तथा इन्टरनेट ठप्प भएको छ ।
साेमबार बिहान ११ बजेतीर अबरुद्ध भएकाे नमस्ते
र स्काइ फाेनसेवा दुई दिनसम्म पनि सुचारुहुन नसकेकाे हाे ।
जिल्लामा फाेनसेवा सँगै एडिएसएल इन्टरनेट सेवा समेत ठप्प भएको छ ।
सदरमुकाम दुनै र जुफालमा राखिएको इन्टरनेट सेवा ठप्प भएपछि नागरिकरु सञ्चार सास्ती खेप्न बाध्य भएकाछन् ।
इन्टरनेट सेवा बन्द हुँदा जिल्ला स्थित सरकारी तथा गैह्र सरकारी कार्यालयकाे नियमित कामकाज गर्न समस्या भएकाे बताइएको छ ।
फाेन सेवा बन्दहुँदा एक ठाउँबाट अर्काे ठाउँमा सम्पर्क गर्न समस्या भएको त्रिपुराकाेटका स्थानीयकाे गुनासो छ ।
जुम्लाकाे माैरे लेकमा राखिएको रिपिटर टावरमा समस्या उत्पन्न भएका जिल्लाका अधिकाशं क्षेत्र सञ्चारविहिन भएको बताइएको छ ।
छिटोभन्दा छिटो सेवा सुचारू गर्न डाेल्पाली नागरिकले माग गरेकाछन् ।