२०८० चैत्र १५ गते बिहिवार

काठमाण्डौमा रकम संकलन गरि डोल्पाका बिद्यालयमा सहयोग !



डोल्पा । काठमाण्डौमा सक्रिय संघ संस्था र सामाजिक अभियान्ताहरुले दुर्गम डोल्पाको एक बिद्यालयलाइ कापी,कलम लगायतका शैक्षिक सामग्री सहयोग गरेकाछन् ।
त्रिपुरासुन्दरी नगरपालिका १ अन्तर्गत त्रिपुराकोटमा पर्ने त्रिपुरा मावि काटियाँचौरका एक सय बिद्यार्थीलाइ पुग्ने गरि शैक्षिक सामग्रीहरु सहयोग गरिएको हो ।
लामोसमय देखि सामाजिककार्यमा सक्रिय संस्था र अभियान्ताहरुले तीस हजार छ सय रकम संकलन गरि आठसय थान कपी,कलम पेन्सिल लगायतका सामग्री सहयोग गरेको बिद्यालयले जनाएको छ ।
शैक्षिक सामग्री खरिदकालागि ज्वेलरी स्कुल एण्ड प्रोडक्सन हाउस,राष्ट्रिय दलित कल्याण संघ तथा सामाजाकि अभियान्ता तीर्थ विश्वकर्मा,मोहन विश्वकर्मा,शम्सेर नेपाली,तुलसा लामिछाने,सविना भट्टराई,कमला हेमचुरी,जज एभ्रेष्टले व्यक्तित सहयोग गरेको शिक्षक मनबहादुर सार्कीले बताए ।
त्यसैगरि प्युठान निवासि सामाजिक अभियान्ता शम्सेर नेपालीले बिद्यालयको नाम अंकित बिद्यालय पोशाकसँग लगाउन मिल्ने एक सय थान टाइ र एक सय थान पेटी सहयोग गरको उनले बताए ।
सहयोग रुपमा प्राप्त कापी, कलम, टाइ, पेटी लगायतका सामग्रीहरु जनप्रतिनिधि,बि.व्य.स पदाधिकारी, अभिभावक तथा सरोकारवालाहरुको उपस्थितिमा वितरण गरिसकिएको बिद्यालयका प्रअ रमानन्द उपाध्यायले बताए ।
कक्षा १ देखि १० सम्म अध्ययनरत एक सय बिद्यार्थीलाइ प्रति बिद्यार्थी ८ थान कपी,एक कलम,एक पेन्सिल दरले वितरण गरिएको उपाध्यायको भनाई छ ।
दुर्गम जिल्लाको एक बिद्यालयमा अध्ययनत बिद्यार्थीको सुनौलो भविश्यको कामना गरेर सहयोग गरेको भन्दै बिद्यालयले सहयोगी संस्था र अभियान्ताप्रति आभार प्रकट गरेको छ ।
निशुल्क कापी,कलम र शैक्षिक सामग्री पाएपछि सम्पुर्ण बिद्यार्थी तथा अभिभावक खुशी व्यक्त गर्नुका साथै धन्यवाद समेत दिएकाछन् ।

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?