२०८० चैत्र १६ गते शुक्रवार

दुनै बचाउ कार्यक्रमकाे प्रहरी स्कटिङमा नमुना संकलन !



डाेल्पा । डोल्पामा दुनै बचाउ कार्यक्रमको प्रहरी  स्कटिङमा नमुना संकलन गरिएको छ ।
जलस्रोत तथा सिँचाइ विभाग काठमाण्डौबाट आएको सह–सचिव बिष्णुदेव यादब,शाखा अधिकृत कृष्णा गिरी र इन्जिनियर मुकेश पाठक सहितको तीन सदस्यीय विज्ञ टोलीले प्रहरी सुरक्षामा नमुना संकलन गरेको हो ।
स्थलगत अुनगमन गरेर नमुना संकलनका क्रममा केही समुहले अवरोध गर्न खोजेपछि प्रहरी आफैले सुरक्षा दिएको जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको नदी व्यवस्थापन महाशाखाका प्रमुख बिष्णुदेब यादबले बताए ।
“एक अर्व रकम बराबरको सदरमुकाम बचाउ कार्यक्रममको नियमित अनुगमनका क्रममा आएका हौँ,नमुना संकलन भइसक्यो,त्यसको परीक्षण पछिमात्रै गुणस्तरका बिषयमा भन्न सकिन्छ”यादबले भने ।
आयोजनामा प्रयोग भएको मसला,तारजाली र आर.सी.सीको नमुना लिइसकेकाले एक महिना भित्रै सबै नमुनको रिपोर्ट आउने अनुगमन टोलीले जनाएको छ ।
बुझ्न चाहेको खण्डमा अक्तियार,सतर्कता केन्द्र लगायतका विभिन्न निकायलाइ आफुहरुले जवाफ पेश गरिराख्नु पर्ने भएकाले नमुना एवं गुणस्तरीय विकासको पक्षमा आफुहरु सधै सचेत रहको यादबको भनाइ छ ।
उक्त टोलीले नमुना संकलन सँगै सबै निर्माणस्थलको स्थलगत अनुगमन समेत गरेको छ ।
अनुगमन टोलीलाई सुरक्षा चुनौति भएको थाहा पाएपछि सहज रुपमा नमुना संकलन गर्ने वातावरणमात्रै मिलाएको जिप्रका डोल्पाका प्रहरी निरीक्षक हरिराम डाँगीले बताए ।
काङ्ग्रेसको बिरोध
सदरमुकाम बचाउ कार्यक्रममा न्युन गुणस्तरको विकास भएको भन्दै काङ्ग्रेसले बिरोध जनाउँदै आएको छ ।
राज्यको अर्व बराबरको रकम लगानि भएको उक्त आयोजनामा करोडौ नाफा कमाउने खेलमा भेरी उत्खनन तीब्र पार्नुकासाथै न्युन गुणस्तरको निर्माण सामग्री प्रयोग भएको प्रयाप्त प्रमाण भएको काङ्ग्रेसले जनाएको छ ।
अनुमनका क्रममा उक्त आयोजनामा खोलाका काम नलाग्ने ढुङ्गा प्रयोग गरेको पाइएको पार्टी सभापति अंगत कुमार बुढाले बताए ।
“प्रहरीले रोक्न खोज्दा खोज्दै जवरजस्ती अनुगमन टोलिसँग हिँडे,कम्तीमा दुइवटा जाली खोलेर हेर्ने सहमति भएको थियो,तर उक्त टोलीले सहमति कार्यन्वयन गरेन”बुढाले गुनासो गरे ।
हजारौँ जनताको भविश्यसँग जोडिएको उक्त आयोजनाको निगरानी काङ्ग्रेसले सधैँ राखिराख्ने उनको भनाइ छ ।
जिल्ला सदरमुकामनै नदी कटानको उच्च जोखिममा रहेको भन्दै भविश्यमा हुनसक्ने सम्भावित ठुलो धनजनको क्षतिबाट जोगाउन संघिय सरकार अन्तर्गतको सिँचाइ तथा जलस्रोत मन्त्रालयले दुई चरण गरेर करिब एक अर्व रकम छुट्याएको छ ।
कान्छाराम थोदुङ्ग क्याराभान जेभीले निर्माणको जिम्मा पाएको दोस्रो चरणको कार्यक्रममा ५७ करोड ३२ लाख ८३ हजार चार सय रकम निकासा भएको छ ।
त्यसैगरि पहिलो चरणमा ३३ करोड रकम निकासा भएको थियो ।
उक्त आयोजनामा भ्रष्टाचारको रुपरेखा प्रष्ट देखिएको भन्दै नागरिकस्तरमा बिराेध भइरहेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १९ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?