२०८१ बैशाख ७ गते शुक्रवार

डोल्पामा तीन दिन देखि यातायात सेवा ठप्प



डोल्पा १८ चैत्र,
डोल्पामा तीन दिन देखि यातायात सेवा ठप्प भएको छ ।
जीप व्यवसायीहरुले भाडा बडाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडकखण्डमा चलाउँदै आएको यातायात सेवा ठप्प भएको हो ।

सदरमुकाम स्थित कालिका मन्दिर क्षेत्रमा जीपकाे पर्खाइमा बसेका यात्रुहरु ।तस्विर:बविकिशाेर गुरुङ्ग,दुनै।

जिल्ला प्रशासन कार्यालय डोल्पाले तीन सय पचासबाट भाडा घटाएर तीनसयमा झारेकाले विरोध गर्दै यातायात सेवा ठप्प पारेको चालक सुरज पौढेल क्षेत्रीले बताए ।
“हामिले दुई स्थानीय तहले तीन सय कर उठाउँदा मारमा परेर पनि तीनसय पचासमै यात्रु बोकियो,घटाइएको भाडामा यात्रु बोक्न सम्भव नभएपछि व्यवसायीको सामुहिक निणर्यबाट गाडी बन्द गरिएको हो”पौढेलले भने ।
“दर्जनौ जीप धनी र चालको रोजिरोटीसँग जोडिएको व्यवसाय धरापमा पारेर कसरी काम गर्न सकिन्छ,पुरानो भाडा कायम गर्ने निर्णय नभएसम्म गाडी बन्द हुन्छ नै ।”
जीप व्यवसायीहरुले क्षमता भन्दा बडि मान्छेहाल्न पाउनु पर्छ भनेर कानुनमा नभएका कुरा गरेको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए ।
“तिनै व्यवसायीको तीब्र गुनासो पछि दुई स्थानीय तहले नियम विपरीत राखेका स्थानीय तहका ढाट हटाइयो,उनिहरुले नियमित तिर्ने कर घटेपछि भाडा पनि पचास रुपैयाँ घटाइएको हो” पाण्डेले भने ।
“सर्वसाधारणको सेवा सुविधालाइ ध्यानमा राख्दै सबै कुरा व्यवहारीक रुपमा हेरिएको छ,तैपनि व्यवसायीहरु आफुखुशी गर्छन् ।”
“सर्वसाधारण र व्यवसायी दुबै पक्षलाइ मर्कामा नपर्ने गरि भाडादर समायोजन गरिएको हो,जीप बन्द गरेपछि व्यवसायीलाइनै समस्या पर्ने हो”पाण्डेले भने ।
सुँपानी–दुनैको १४ किमि सडकमा महंगो भाडा उठाएर सर्वसाधारण मर्कामा परेको भन्दै केही दिन अघिमात्रै जिल्ला प्रशासन कार्यालयले भाडा तीनसय पचासबाट घटाएर तीन सयमा झारेको थियो ।
जिल्लाका ठुलिभेरी र त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न ठाउँमा राखेका कर संकलन केन्द्रहरु अवैधानिक भन्दै प्रशासनले उठाएपछि भाडा घटाइएको घोषणा गरिएको थियो ।
तर प्रशासनले निर्णय गरेको दुई दिन नवित्दै जीप व्यवसायिहरुले यातायात सेवा ठप्प पारेकाहुन् ।
दुनै–सुपाँनी सडक खण्डमा दुई दर्जन धेरै जीपहरु सञ्चालनमा छन् ।

प्रकाशित मिति : २०७७ चैत्र १८ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?