२०८० असोज ९ गते मङ्गलवार

भ्रमणमा रहेको सेनाको हेलिकप्टबाट विरामी महिलाको उद्धार !



डोल्पा १७ चैत्र,
नेपाली सेनाको भ्रमण रहेको टोलीले बिरामि महिलाको उद्धार गरेको छ ।
उत्तर पश्चिम पृतनापति र २४ नम्बरका बाहिनिपतिको डोल्पा हवाइ भ्रमणका क्रममा उपल्लो डोल्पा पुगेको सेनाको हेलिकप्टरले तिन्जेबाट हेपटाइटीस बी पिडित महिलाको उद्धार गरेको हो ।
शे–फोक्सुण्डो गाउँपालिका– ४ बस्ने बर्ष २३ की टिजिङखाँडो गूरुङलाई हिमाल अवलोकनको भ्रमणमा रहेको उत्तर पश्चिम पृतनापति विज्ञानदेब पाण्डे र २४ नं बाहिनीका सहायक रथी यामबहादुर सापकोटाको टोलीले उद्धार गरेको रामवाण गुल्मका गुल्मपति सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए ।
स्वास्थ्यचौकीमा सामान्य उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि थप उपचारकालागि तिन्जेबाट उद्धार गरि जिल्ला अस्पताल पु¥याइएको सेनानी क्षेत्रीको भनाइ छ ।
जिल्ला अस्पतालमा पनि बिरामिको उपचार नभएर सम्भव नभएपछि केही दिन राखेर जहाजमा काठमाण्डौ पठाइएको बताइएको छ ।
जिल्ला अस्पतालमा चेकजाँच गर्दा उनलाइ हेपटाइटीस बी हुनुकासाथै पेटमा पानी जमेको थाहा पाएर करिब २ लिटर पानी निकालेपछि सास फेर्न केही सहज भएको जिल्ला अस्पतालले जनाएको छ ।
प्राणघाटक रोग हेपेटाइटिस बी को कारण कलेजो कम्जोर भएको अस्पतालको भनाइ छ ।

प्रकाशित मिति : २०७७ चैत्र १७ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?