
डोल्पा १५ चैत्र,
डोल्पाको ठुलिभेरी नगरपालिकाका प्रमुख गणेश बहादुर शाहीका दुईवटै डोजरमाथि आगजनी भएको छ ।
नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ हुँदै पुर्वी रुकुम जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बिचको जंगलमा भे १ क ४६३६ र भे १ क १२९४ नंम्बरका दुईवटै डोजरमाथि अज्ञात समुहद्धारा आगजनि गरिएको प्रहरी निरीक्षक हरीराम डाँगीले जानकारी दिए ।
घटनाको बिषयमा स्थानीयसँग बुझ्दा शनिवार साँझ साडे सात बजेसम्म सकुसल भएको र विहानमात्रै आगजनी भएको पाइएको डाँगीको भनाइ छ ।
घटना कसले कसरी घटायो अझै पत्ता नलागको बताउँदै आफ्नो नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेकाले नुसन्धान सुरु गरिएको डाँगीले बताए ।
आगजनीबाट दुईवटै डोजर पुर्ण रुपमा क्षति भएको बताइएको छ ।
दुईवटै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेको प्रहरीले जनाएको छ ।
आफु काठमाण्डौ भएको र घटनाको बिषमा फोनबाट जानकारी पाएको नगरप्रमुख शाहीले बताए ।
प्रहरी घटनास्थलमा पुगेसकेको र अहिले ठ्याक्कै कसैमाथि शंका नभएको शाहीको भनाइ छ ।