२०८० चैत्र १६ गते शुक्रवार

तलब ठग्ने प्रअ विरुद्ध अख्तियार जाने शिक्षकको चेतावनी



डाेल्पा । डोल्पाको एक विद्यालयका प्रधानाध्यापकले आफुले पढाएको तलब,भत्ता समेत ठगी गरेको शिक्षक प्रेम प्रकाश शुक्लाले गुनासो गरे । कपिलवस्तु स्थायी घर भएका  स्थायी शिक्षक शुक्लाले काइके गाउँपालिका वडा नं ७ अन्तर्गत धारापानीमा पर्ने बालकल्याण आधारभुत विद्यालयका प्रधानाध्यापक प्रकाश रोकायले उनान्पचास दिन बराबरको तलब भत्ता र सञ्चयकोष बाफतको ६४ हजार रकम ठगी गरेको बताए ।

विद्यालयमा पढाएको तलव,भत्ता,सञ्चयकोष बाफतको रकम एक वर्ष बितिसक्दा पनि अझै खातामा नहालेको र उल्टै प्रअ रोकायले तपाइले पाउने रकम विद्यालयको भौतिक संरचना निर्माणमा लगाउँछु भन्दै थर्काउने गरेको शुक्लाको गुनासो छ ।
‘करिब दश महिनाको बसाइपछि सरुवा भयो, कपिलवस्तु गइसकेपछि पनि बाँकी पैसा हाल्न धेरै पटक अनुरोध गरे,तर हाल्छु भन्दै हेडसरले टार्दै आउनु भएको छ’ शुक्लाले भने ।

‘तराइबाट यति टाढा आएरपनि आफ्नो पारिश्रमिक ठगिमा परेर अन्यायमा परेको शिक्षक हुँ,धेरै पटक गाउँपालिका,वडामा गुनासो गरे तर न्याय पाइएन,अव अन्तिम विकल्प अक्तियारमा जान्छु ।’आफुले नपाएको बाँकी रकम उपलब्ध गराइदिन भन्दै केही दिन अघिमात्रै गाउँपालिका अध्यक्षलाइ निवेदन समेत दिएको शिक्षक शुक्लाले बताए ।

शिक्षक शुक्लाले आफ्नो पारिश्रमिक बाफतको रकम उपलब्ध गराएर न्याय दिलाइदिन सम्बन्धित निकायलाइ आग्रह समेत गरे । प्रअ रोकायलाइ पटक पटक सम्पर्क गर्दा समेत उनको फोन भने उठेन् ।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?