२०८१ बैशाख ८ गते शनिवार

प्रशासनले भत्कायो नगरले राखेका कर संकलन केन्द्र,भाडादर पनि घट्यो !



डोल्पा । जिल्लाका दुई स्थानीय तहले राखेका करसंकलन केन्द्र जिल्ला प्रशासन कार्यालय डोल्पाले भत्काएको छ ।
राष्ट्रिय राजमार्गमा नियम विपरीत ठाउँ–ठाउँमा कर संकलन केन्द्र स्थापना गरेर यातायात व्यवसायिबाट कर उठाएको भन्दै बिहिवार प्रहरी लगाएर भत्काइएको हो ।
त्रिपुरासुन्दरी नगरपालिकाले सुँपानीमा करसंकलन केन्द्र स्थापना गरि एकसय र ठुलिभेरी नगरपालिकाले मोतिपुरमा कर संकलन स्थापना गरेर दुई सयका दरले रकम उठाउँदै आएका थिए ।
सडक डिभिजन कार्यालय चौहरजहारी र जिल्ला प्रशासनले नियम विपरीत राखिएका कर संकलन केन्द्रहरु हटाउन पटक–पटक पत्राचार गर्दा पनि स्थानीय तहले नहटाएपछि प्रहरी लगाएर भत्काइएको प्रजिअ माधवप्रसाद ढकालले जानकारी दिए ।
राष्ट्रिय राजमार्गमा स्थानीय तहले ढाट राखेर कर उठाउन नमिल्ने कानुनी प्रावधाननै रहेको ढकालको भनाइ छ ।
“स्थानीय तहले यातायात व्यवसायिबाट मनपरी कर उठाउँदा भाडा पनि महगों थियो,बारम्बार व्यवसायि र सर्वसाधारण पनि गुनासो आइरहन्थ्यो,कर संकलन केन्द्र हटाएसँगै भाडादर पनि तीन सय पचासबाट झारेर तीन सयमा पु¥याएका छौँ”प्रजिअ ढकालले भने ।
प्रशासनले भाडादर घटाएसँगै सर्वसाधारण नागरिक खुशी भएकाछन् ।
त्यतिमात्र नभइ भेरी करिडोरका विभिन्न ठाउँमा आगामि बर्षमा चारवटा पक्की पुल निर्माणकालागि सडक डिभिजन कार्यालय चौहरजहारीका प्रमुखसँग प्रतिवद्धता समेत लिएको ढकालले बताए ।
स्थानीय तह स्थापना भएको केही समयमै राखिएका कर संकलन केन्द्र प्रशासनले भत्काए सँगै जिल्लाका यातायात व्यवसायि खुशी भएकाछन् ।
पछिल्ला समयमा कार्यालयबाटहुने सेवा प्रवाहलाइ चुस्तदुरुस्त बनाउन प्रशासनले छड्के जाँच पनि सुरु गरेको छ ।
केही दिन अघिमात्रै कार्यालय अनुगमना गर्दा ३९ जना कर्मचारी अनुपस्थित र २५ जना कर्मचारीले पोशाख नलगाएको पाइएकाले कारवाहीका लागि सम्बन्धित निकायमा लेखि पठाएको समेत प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?