२०८१ बैशाख ७ गते शुक्रवार

डोल्पामा ५ सय ३३ जनाको निशुल्क स्वास्थ्य परिक्षण सहित उपचार !

८३ को शल्याक्रिया,१०८ लाइ श्रवण यन्त्र वितरण,२० लाई कृतिम अंग जोडिने,१२ को उपचार खर्च व्यहोर्ने


रामचन्द्र न्यौपाने
डोल्पा १० चैत्र
हिमाली जिल्ला डोल्पामा ५ सय ३३ जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
गोर्खा वेलफेयर ट्रष्ट पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा सदरमुकाम दुनैमा आयोजित तीन दिने स्वास्थ्य शिविरको क्रममा सबैको निशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
शिविरको व्यवस्थापन भने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाले गरेको हो ।
शिविरबाट आर्थिक अवस्था कमजोर भएका आँखा,कान र अन्य अपाङ्गता सम्बन्धी समस्या भएका बिरामिहरु लाभान्वित भएकाहुन् ।
महिला २ सय ६३ पुरुष २ सय ७० गरि जम्मा ५ सय ३३ जनालाको निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार गरिएको गोर्खा वेल फेयर ट्रष्टले जानकारी दिएको छ ।
दुई सय छ जनाको आँखा परीक्षा,८३ जनाको शल्याक्रिया
शिविरमा महिला १ सय २० र पुरुष ८६ जना गरि जम्मा २ सय ६ जनाको आँखा सम्बन्धी चेकजाँच गरिएको बताइएको छ । त्यस मध्ये ८३ जनको मोतिविन्दुको सफल सल्यक्रिया गरिएको छ ।
३ सय ७ जनाको कान सम्बन्धि जाँच,१ सय ८ जनालाइ उपकरण वितरण
त्यसैगरि शिविरबाट ३ सय ७ जना कान सम्बन्धी बिरामि जाँच गरिएको छ ।
पुरुष १ सय ६८ जना र महिला १ सय ३९ जना रहेका छन ।
जाँचका क्रममा कानसुन्न नसक्ने १ सय ८ जनालाई सुन्न सहयोग मिल्ने श्रवणयन्त्र वितरण गरिएको ट्रष्टले जनाएको छ ।
२० जनालाइ कृतिम अङ्ग प्रदान गरिने
शिविरबाट अपाङ्गता भएका पुरुष १६ र महिला ४ गरि जम्मा २० जनाको स्वस्थ्य परिक्षण गरि आवश्यक पर्ने कृतिम अंगको नाप लिइएको छ ।
अङ्ग नभएका विरामीकोे लागी ३३ वटा कृतिम अंग आवश्यक रहेकोले करिव २ महिना भित्र खरिद गरि वितरण गरिने ट्रष्टका मेडिकल डाईरेक्टर डाक्टर ग्रेडा पोलले बताइन ।
कर्णाली दुर्गम र यहाँको स्वास्थ्य सेवा कमजोर भएकाले यस पटक डोल्पामा शिविर सञ्चालन गरिएको पोलको भनाइ छ ।
कर्णालीमा न्युन पोषण र छाकटार्नैकालागि बाह्रै महिना पिल्सिनु पर्ने अवस्था भएकाले पनि अन्य जिल्लाको तुलनामा यहाँका नागरिकको स्वास्थ्य अवस्था निकै कमजोर रहेको उनको भनाइ छ ।
स्वास्थ सामग्री हस्तान्तरण
ट्रष्टले शिविरका क्रममा ल्याइएका इसिजि मेसीन,अक्सीजन कन्सन्टेशन,थाईराईडसिल,स्टोपलाईजर,औषधीहरु लगायतका सामग्री जिल्ला अस्पताल डोल्पालाई हस्तान्तरण गरिएको छ ।
बाहिर रिफर गरिएका १२ जनाको उपचार खर्च ट्रष्ट व्यहोर्ने
शिविरमा उपचार हुन नसकेका विभिन्न किसिमका १२ जना विरामीलाई नेपालगन्ज,पोखरा,काठमाण्डौ,बनेपा लगाएकात ठाँउहरुमा रिफर गरिएको छ ।
रिफर गरिएका सवै विरामीको उपचार खर्च ट्रष्टले व्यहोर्ने बताइएको छ ।
नागरिक खुशी
जिल्लामै निशुल्क स्वास्थ्य परीक्षणको सुविधा पाएपछि सर्वसाधारणहरु खुशी भएकाछन् ।
“कान नसुन्ने समस्या थियो,आफ्नै ठाउँमा जचाउँन पाउँदा खुशी छु,शिविरमा पाएको श्रवणयन्त्र लगायर सुन्नसक्ने भएको छु” मुड्केचुला ३ का रत्न थापाले भने ।
जिल्लामै उपचार भएपछि जिल्ला बाहिर जादाँ लाग्ने खर्चपर्च जोगिएको थापाको भनाइ छ ।
त्यसैगरि जिल्लामै आँखाको उपचार गर्न पाउँदा त्रिपुरासुन्दरी नगरपालिका ३ का किरण बुढाले पनि खुशी व्यक्त गरे ।
“घर आँगनमै मोतियाविन्दुको शल्याक्रिया भयो,उपचार गर्न नेपालगन्जमा जादा धेरै खर्च हुन्थ्यो,यतै उपचार गर्न पाउदा धेरै खुशी लागेको छ”बुढाले भने ।
उहाँले शिविर राख्ने संस्था र उपचारमा संलग्न डाक्टरहरुलाइ हार्दिक धन्यवाद दिए ।
आँखा,कान र अपाङ्गता भएका विरामीहरु स्वास्थ्य परीक्षण सहित उपचार पछि खुशी व्यक्त गर्दै घर फर्किएका छन ।
शल्यक्रिया गरेका विरामीहरुको लागि खाना बस्नको लागि निशुल्क व्यवस्था गरिएको थियो ।
शिविरमा उपचारको लागि विभिन्न अस्पताल र विभागका करिव दुई दर्जन भन्दा बढी स्वास्थ्यकर्मीहरुको टोली डोल्पा पुगेको थियो ।
शिविर चैत्र ७ गते देखि ९ गते सम्म चलाइएको थियो भने जिल्लाका आठवटै स्थानीय तहका नागरिकहरुले आखाँ,कान तथा अन्य अपाङ्गता सम्बन्धि समस्या चेकजाँच तथा उपचार गरएका थिए ।
सन् १९६९ मा बेलायतमा स्थापना भएको गोर्खा वेलफेयर ट्रष्टल शिक्षा,स्वास्थ्य,खानेपानी लगायतका सामाजिक क्षेत्रहरुमा समेत कामहरु गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?