२०८० जेष्ठ २७ गते शनिवार

वाइफाइ उद्घाटन गर्न शे–फोक्सुण्डो पुगे मुख्यमन्त्री शाही



डोल्पा ८ चैत्र । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले डोल्पाको शे–फोक्सुण्डो ताल पुगेर निशुल्क इन्टरनेट सेवाको उद्घाटन गरेकाछन् ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले निशुल्क जडान गरेको इन्टरनेट सेवा उद्घाटनकालागि आइतबार मुख्यमन्त्री शाही माउन्टेन एयरको हेलिकप्टरमा फोक्सुण्डो ताल पुगेकाहुन् ।
उनिसँगै कम्पनीका अध्यक्ष दिलिप अग्रवाल,सिइयो केशब नेपाल पनि फोक्सुण्डो पुगेकाहुन् ।
हेलिकप्टर चार्टर कम्पनीलेनै गरेको बताइएको छ ।
फोक्सुण्डो ताल सुन्दर पर्यटकिय गन्तव्य भएर पनि ओझेलमा परेकाले थोरै भएपनि प्रसार–प्रसारहोस भनेर ताल नजिकै निशुल्क इन्टरनेट जडान गरिएको कम्पनीले जनाएको छ । इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निशुल्क पाँचसय एम.बी प्रयोगगर्न सकिने कम्पनीको प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए ।
निशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो घुम्न आउने पर्यटकहरुकालागि सञ्चार सम्पर्कमा रहन सहजहुनुका साथै पर्यटकले मनोरञ्जन समेत लिने अपेक्षा गरिएको निकुञ्जका निमित्त वार्डेन गोपाल खनालले बताए ।

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?