२०८० असोज ७ गते आइतवार

निर्माण नहुँदै ३४ लाख ऋणमा पुष्पलाल स्मिृति प्रतिष्ठान भवन,आएको बजेट खाेई ?

रकम नजुटेपछि भत्काउने तयारी


डोल्पा  । जिल्ला सदरमुकाम दुनैमा बन्न लागेको पुष्पलाल स्मिृति प्रतिष्ठान भवन लाखौँ ऋणमा डुबेको छ ।
तीन बर्ष अघि जगमात्र उठाइएको भवन पहिलो चरणमै ३४ लाख ऋणमा डुबेको हो ।
जग्गा धनीको २७ लाख र कामदारको ७ लाख गरेर ३४ लाख रकम उधारो तीर्न बाँकी छ ।
उधारो सम्झौतामा किनिएको जग्गामा भवन निर्माणकार्य शुरु गरिए पनि त्यसको पैसा अझै नपाएको जग्गाधनीको गुनासो छ ।
“भवन बनाउनकालागि ३३ लाखमा ५ सय ३९ बर्गमीटर जग्गा दिँए,गत साल भदौ मसान्तसम्म पैसा तिर्ने सम्झौता थियो,तीन बर्ष बित्यो तर पैसा पाइएन्”जग्गाधनी जितेन्द्र शाहीले गुनासो गरे ।
“मेरो जग्गामा भवन ठडिसक्यो,सबै गरेर छ लाखमात्र पाएको छु,बाँकी पैसा दिने सुरसार छैन्,विभिन्न निकायबाट लाखौँ पैसा भित्रियको सुन्छु,तपाइलाई दिने पैसा होइन भन्दै निर्माण समितिले टारिरहेको छ ।”
“तोकिएको भाकामा त पैसा दिएनन,तर पैसा भएको बेला त दिनुपर्छ,अब मलाइ पैसा चाहियन,बनेको भवन भत्काएर मेरो जग्गा खाली गर्दिएभयो”उनले थपे ।
“करोडौँ मुल्य पर्ने सदरमुकामको जग्गा पुष्पलाल स्मिृति भवन बनाउने बहानामा त्यसै हडपिएको छ,सम्झौता अनुसारको पैसा दिलाइ दिन भन्दै प्रहरी प्रशासन,जिल्ला समन्वय समिति र एमालेकै केन्द्रिय कार्यालय काडमाण्डौ मा समेत पुगे तर कैसैले मेरो कुरा सुनेनन्”उनले गुनासो गरे ।
“जग्गा बेच्दा आएको रकम बालबच्चा पढाइ लेखाइ गरौँला भनेर हो,जग्गा धेरै भएर होइन,केही गरि न्याय नपाइएन भने अदालको ढोका पुग्छु”शाहीले भने ।
उक्त जग्गा उनकी श्रीमती नन्दा शाहीको नाममा रहेको छ ।
काम गर्ने श्रमिकले पनि सात लाख पाएनन्
उक्त भवनको जग निर्माण गर्ने मजदुरहरुले लाखौँ रकम पाएका छैनन् ।
ठेक्कामा भवन निर्माणको जिम्मा लिएर पहिलो चरणमा जग हालेका रुकुम(पश्चिम)आठबिसकोट नगरपालिकाका कामदारहरुले करिब सात लाख रुपैयाँ तीन बर्षसम्म नपाएका हुन् ।
“अर्काको बिरानो ठाउँमा आएर मजदुरी गर्न लागेको करिब तीन बर्ष भयो,कमाउने आसमा पचासाँै जना मान्छे लाएर जग हाल्यौँ तर काम गरेको ६ लाख ८० हजार रकम अझै पाएका छैनौ”रुकुम(पश्चिम) आठबिसकोट नगरपालिका ५ का टिकाराम थापाले भने ।
“निर्माण समितिले मजदुरी गरेको पैसा पनि ठगेको छ,अर्काको ठाउँमा हाम्रो खानेबस्ने ठेगान छैन्,समितिबाट ज्याला उठाइदिन आग्रह गर्छौ ।”
“पढाइ लेखाइ केही थिएन र त काम गर्न अर्कैको ठाउँ आइयो,हाम्रो श्रमको ज्याला कुनै हालतमा चाहिन्छ,कसैगरि नपाए श्रम ठगीमा मुद्धा हाल्छौ”उनले चेतावनी दिए ।
भवन निर्माणमा आवाश्यक पर्ने सिमेन्ट,छड लगायतका निर्माण सामग्रीको खरिदमा खर्च भएको दाबी गरेपनि ब्यापारी हेमन्त बिष्टले पैसा अझै नपाएको बताउनुभयो ।
उक्त रकम कहाँ कसरी खर्च भयो खोजीको बिषय बनेको बताइएको छ ।
रकम नभएर उदारो रह्यो
पुष्पलाल स्मिृति प्रतिष्ठान जिल्ला शाखाका अध्यक्ष दत्त बहादुर रोकायले रकम नभएर भवनको उधारो रकम तीर्न नसकिएको बताए ।
निर्माण शिर्षकमामात्र बजेट आउने र उक्त रकम निर्माणमै लगाउनु पर्ने भएकाले जग्गाको रकम अझै तीर्न नसकिएको रोकायले स्विकारे ।
“पहिलो चरणमा कर्णाली प्रदेश सरकारको उद्योग,पर्यटन,वन तथा वातारण मन्त्रालयबाट ४० लाख रकम आएको थियो,त्यो रकम सामान जुटाउँदै जग हाल्नै ठिक्क भयो”रोकायले भने ।
“रकम जुटाउँन प्रयास गरिरहेका छौ,जिल्लाका स्थानीय तहलाइ पनि सहयोगकालागि आह्वान ग¥यौ तर सहयोग गरेनन्,यदी कसैगरि रकम जुटेन भने जग्गा फिर्ता गनुपर्ने हुन्छ ।”
जिल्लाका आठ वटा स्थानीय तह मध्ये छ वटा स्थानीय तहमा नेकपा एमालेले जितेको छ ।
“पहिलो चरणको रकमबाट आठ लाख रकम जग्गा धनीलाइ दिइ सकिएको छ,दोस्रो चरणमा प्रदेशबाटै आएको बिस लाख रकम विवादका कारण फ्रिज भयो,त्यसपछि कतैबाट पनि पैसा आएको छैन”रोकायले भने ।
जग्गाको पैसाका तिर्नकालागि खरिद शिर्षका बजेट पार्ने र जग्गाको बाँकी रकम तिर्ने भन्दै अर्थ मन्त्रालय लगायत विभिन्न निकायमा दुई तीन बर्ष धाउँदा पनि रकम पार्न नसकिएको उनको गुनासो छ ।
कामदारको बाँकी रकम चुक्ता गर्ने बिषयमा डोल्पाबाट निर्वाचित सांसद तथा पुर्व राज्य मन्त्री धनबहादुर बुढासँग कुरा भइसकेकाले केही समयमै पैसा पाउने उनले विश्वास दिलाए ।
जिल्लामा पार्टीको आन्तरिक विवादका कारण पनि भवन निर्माणले गति लिन नसकेको उनको भनाइ छ ।
कम्युनिष्ट पार्टीका संस्थापक नेताको स्मिृतिमा बन्न लागेको भवन यसरी ऋणमा डुवेर अलपत्रपर्दा समेत कसैको ध्यान नजानु दुखत कुरा भएको पार्टी निकटका नेताहरुको भनाइ छ ।
जिल्लामा एमालेकै हालिमुहालीहुँदा समेत भवन निर्माणका क्रममा आइपरेका समस्या समाधान गरेर निर्माणकार्यलाइ अगाडि बडाउन कसैले चासो नदिएको उनिहरुको भनाइ छ ।

 

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?