२०८० जेष्ठ १९ गते शुक्रवार

मुड्केचुलाका नौ वडाका बैशाख भित्र आफ्नै भवन !



रामचन्द्र न्यौपाने
डोल्पा ५ चैत्र,

डोल्पाको मुड्केचुला गाउँपालिकाले आगामि बैशाख भित्र सबै वडा कार्यालय भवन निर्माण गर्ने भएको छ ।
गाउँपालिकाले बैशाख भित्र नौवटै वडामा भवन निर्माण गर्ने गरि तीब्रताका साथ काम सुरु गरेको हो ।
स्थानीय सरकारलाइ स्थायित्व दिन धमाधम वडा कार्यालय भवन निर्माणकार्य अघि बडाएको प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगीले जानकारी दिए ।
आव ०७७÷७८ मा निर्माण गर्ने लक्ष्य लिइएको वडा नं ८ को भवन गत मंगलबार निर्माणकार्य सम्पन्न गरेर उद्घाटन भएको डाँगीले बताए ।
गत आर्थिक बर्षमा वडा नं ६ को भवन निर्माण भइसकेकाले बाँकी १,२,३,४,५,७ र ९ नं वडाका भवन बैशाख भित्र निर्माणकार्य पुरा गर्नेगरि काम भइरहेको उनले बताए ।
सभाहल,प्रतिक्षालय सहितको सुविधायुक्त एउटा भवन निर्माणगर्न २५ लाख रकम खर्च छुट्याइएको बताउँदै यो बर्षको बजेट वडा भवन निर्माणलाइ प्राथामिकता दिइएको उनको भनाइ छ ।
वडा भवन निर्माणकालागि सबैले निशुल्क जग्गा दिएकाले गाउँपालिकाको रकम खर्च गर्नु नपरेको बताइएको छ ।
भवनको निर्माणको जिम्मा निशुल्क जग्गा दिने जग्गा धनी सहितको उपभोक्ता समिति निर्माण गरेर सम्बन्धित वडा अध्यक्षलाइनै दिएपछि भवन निर्माणमा छिटो छरितो भएको गाउँपालिकाले जनाएको छ ।
भवन निर्माण पछि सबै वडाका आफ्नै भवन बनाउने जिल्लाकै पहिलो स्थानीय तह बन्ने गाउँपालिकाको भनाइ छ ।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?