२०८० जेष्ठ २६ गते शुक्रवार

डोल्पामा भुमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला कार्यालय स्थापना



डोल्पा ४ चैत्र,डोल्पामा भुमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना भएको छ ।
बुधवार पहिलो पटक जिल्ला समन्यव समितिको कार्यालयमा आयोगको कार्यालय स्थापना भएको हो ।
जिल्लामा रहेका भुमिहिन तथा सुकुम्वासिहरुको भुमिको समस्या समाधान गर्ने उद्धेश्यले सरकारले जिल्लामै जिल्ला समितिको कार्यालय स्थापना गरेकोले सबैले फाइदा लिनेमा बिश्वस्त रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिनेश शर्माले बताउनुभयो ।
भुमिको बितरण तथा जग्गाको लालपूर्जा सम्म दिन सक्ने अधिकार स्थानीय तहलाइ भएको कारण स्थानीयतह र आयोग बिचको सहकार्यमा हुनुपर्ने ठुलीभेरी नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाहीले प्रतिबद्धता जनाउनुभयो ।
आयोगको कार्यालयले डोल्पामा रहेका भुमिहिन,सकुम्बासिका समस्या समाधान हुने र एकिकृत बस्तिहरुलाइ समेत ब्यवस्थित बनाउनेमा सबैले हातेमालो गरेर लाग्नुपर्ने जिल्ला समन्य प्रमुख शेरबहादुर बुढाले बिश्वास ब्यक्त गर्नुभयो ।
डोल्पाका नागरिकले भुमि बिहिन हुन नपर्ने गरि आयोगको टोलीले काम थाल्ने भुमि समस्या सामाधान आयोग डोल्पाका अध्यक्ष धनचन्द्र बैजिले बताउनुभयो ।
यसकालागि सबैको साथ सहयोग अपरिहार्य रहेको बैजीको भनाइ छ ।
आयोगको जिल्ला समितिको कार्यालय स्थापना भएसँगै नगरपालिका तथा गाउँपालिका र वडा स्तर सम्म समिति गठन हुने बताइएको छ ।
हाल जिल्लामा ७ सदस्यि जिल्ला समितिको कार्यालय रहने छ ।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?