२०८० असोज ९ गते मङ्गलवार

फिल्म सुटिङकालागि अनमोल केसी लगायतका ख्यातिप्राप्त कलाकारको टोली डोल्पामा !



डोल्पा । फिल्म सुटिङ्कालागि ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको टोली डोल्पा आइपुगेको छ ।
ए मेरो हजुर–४ सुटिङ्कालागि चर्चित अभिनेत्री तथा निर्देशक झरना थापा,अभिनेता अनमोल केसी,अभिनेत्री सुहाना थापा लगायतको बीस जनाको टोली डोल्पा आइपुगेको हो ।
आइतबार अनमोल केसी,सुहाना थापा लगाएतको टोली डोल्पा पुगेर पनि फोक्सुण्डो ताल तर्फ हिँडिसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।
अभिनेत्री झरना थापा लगाएतको टोली यस अघिनै फोक्सुण्डो ताल पुगिसकेको बताइएको छ ।
उक्त टोलीले फोक्सुण्डो ताल लगायतको निकुञ्ज क्षेत्रमा क्यामेरा,ड्रोन क्यामेरा लयाएतका प्रविधि प्रयोग गरेर फिल्म खिच्न राष्ट्रिय निकुञ्ज विभागबाटै अनुमति पत्र ल्याएर आएको निकुञ्जका निमित्त वार्डेन गोपाल खनालले जानकारी दिए ।
निकुञ्ज कार्यालयमा एकछिनमात्र बसेर फोक्सुडो ताल तर्फ हिँडेको बताउँदै ए मेरो हजुर–४ सुटिङ्कालागि आफुहरु डोल्पा आएको कुरा बताएको खनालले बताए ।
ए मेरो हजुर देखि ए मेरो हजुर–३ सम्मले भव्य सफतला पाएपछि ए मेरो हजुर–४ निर्माण गर्न लागिएको बताइएको छ ।
यस अघि पनि डोल्पामा  क्याराभान ,सकर्णाली नमस्ते डोल्पा,म्हेन्दु फिल्म लगायतका विभिन्न म्युजिक भिडियोहरु छायाङ्कन भइसकेका छन् ।
डोल्पा प्राकृतिक हिसाबमा अत्यन्तै सुन्दर भएपनि प्रसार–प्रसारको अभावमा डोल्पाको महत्व विश्वले चिन्न सकेको छैन् ।
प्राकृतिक रुपमा सुन्दर भएकै कारण पछिल्लो समयमा डोल्पा सुटिङ् स्पोट समेत बन्न थालेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?