२०८१ बैशाख ६ गते बिहिवार

त्रिपुरासुन्दरी नगरपालिकाले सबै जनप्रतिनिधिलाई ‘काेग्ले’ बाँड्ने !



डाेल्पा । त्रिपुरासुन्दरी नगरपालिकाले सम्पूर्ण जनप्रतिनिधिलाई काेग्ले किताब बाँड्ने भएको छ ।
स्थानीय युवा लेखककाे प्राेत्साहन स्वरुप ११ वटै वडाका सम्पुर्ण जनप्रतिनिधिलाई काेग्ले पठाउने भएको हाे ।
शनिवार नगरपालिकाकाे सभाहलमा अायाेजित समीक्षा कार्यक्रममा बाेल्दै नगर प्रमुख अाेमबहादुर बुढाले काेग्लेमा दुर्गममा नागरिकका पिडा लिपिबद्व भएकाे बताए ।
त्यतिमात्र नभइ दुर्गममा मानिँदै अाएका प्राचीन सँस्कार,सँस्कृति र अन्धविश्वासका कुराहरु समेत पुस्तक मार्फत उजागर गरिएकाे बुढाले बताए ।
नगर प्रमुख बुढाले काेग्लेकाे उच्च सफलताको शुभकामना दिँदै नगरपालिकाले राखेकाे ५५ थान किताब सम्पुर्ण जनप्रतिनिधिको हात-हातमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशनकाे छाेटाे समयमै पाठकबाट उत्कृष्ट प्रतिक्रिया पाएकाे काेग्लेकाे चर्चा परिचर्चा देश विदेशमा समेत चुलिएको छ ।
काेग्लेले समग्र कर्णालीकाे परिवेश झल्काउने प्रतिनिधिमुलक दस्तावेज भएकाले कर्णालीबासीले एकपटक पढ्नै पर्ने किताब भएकाे नेपाली काङ्ग्रेस पार्टी सचिव जयस उपाध्यायले बताए ।
काेग्लेमा दुर्गमा नागरिकको पिर,व्यथालाई प्रतिनिधिमुलक ढङ्गबाट प्रस्तुत गरिएकाे लेखक प्रेम बहादुर बाेहाेराले बताए ।
पाठकवर्गबाट अहिलेसम्म सकारात्मक प्रतिक्रिया अाएकाले अाफुलाइ थप हाैसला मिलेकाे उनकाे भनाइ छ ।
त्रिपुरासुन्दरी नगरपालिकाले गरेकाे प्राेत्साहनप्रति विशेष अाभार व्यक्त गर्दै जिल्लाका सबै स्थानीय तहमा पुगेर किताब वितरण सँगै समिक्षा पनि गर्ने बाेहाेराले बताए ।
विमाेचन लगत्तै देश विदेशबाट किताबकाे माग अाएपनि भनेकाे समयमा पुर्‍याउन नसकिएको उनकाे बताए ।
पहिलाे चरणमा एक हजार १ हजार १ सय थान प्रकाशन गरिएपनि दाेस्राे चरणमा करिब ५ हजार थान किताब पुन: प्रकाशन गर्ने याेजना रहेको उनले बताए ।
किताबको अंग्रेजी सँस्करण पनि निकाल्ने तयारी भइरहेकाे बताइएकाे छ ।
किताबको प्रकाशन साङ्ग्रिला पुस्तक प्रालीले गरेकाे हाे ।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?