
डाेल्पा । चर्चित गित ‘रेलको बाटो’ काे अफिसियल भिडियो सार्वजनिक गरिएकाे छ ।
बिहिवार आहा टिभी युटुब च्यानल मार्फत उक्त भिडियो सार्बजनिक गरिएको हो ।
भिडियोमा दुर्गममका नागरिककाे पिर,व्यथालाई दमदार रुपमा प्रस्तुत गरिएकाे छ ।
त्यतिमात्र नभइ सरकारले रेल ल्याउने कुरा गर्दै गर्दा यातायातका साधनको अभावमा दुर्गमका नागरिकले भाग्दै अाएकाे पिडालाइ समेत देखाएको छ ।
लेखराज गिरिको शब्द र सुरज पण्डितको आवाज रहेको गितको भिडियो लाई लक्ष्मण सुनारले निर्देशन गरेकाछ्न ।
भिमसेन कल्याल ठकुरीले छायांकन गरेको भिडियोमा चिरञ्जीवी सापकोटा , सरस्वती खत्री र लक्ष्मण देबकोटाको जिबन्त अभिनय रहेको छ ।
उक्त भिडियोलाई युट्युबमा अत्याधिक रुचाइएकोछ जुन कुरा दर्शकहरुको प्रतिक्रिया बाट पुष्टि हुन्छ । https://youtu.be/3VubAp00Tug
प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार