
डाेल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा विभिन्न संरचना निर्माणकार्यकालागि निकासा भएको बजेट भन्दा धेरैको काम भएको छ ।केन्द्र र प्रदेश सरकार लगायतका निकायबाट विभिन्न शिर्षकमा आएको २ करोड ७ लाख ३५ हजार नौ सय सन्तानब्बे बजेटमा २ करोड ३३ लाख ८ हजार ४७ रुपैँया खर्च गरिएको अक्षयकोष समितिले जनाएको छ ।सार्वजानिक सुनुवाइ कार्यक्रममा बोल्दै समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले केन्द्र र प्रदेश सरकार लगायत विभिन्न निकायबाट प्राप्त रकममा २६ लाख ४४ हजार रकम बराबरका धेरै काम गरिएको बताए ।“मन्दिरमा खौला देखि मन्दिरसम्म रेलिङ,खप्तडबाबा पदमार्ग र हरिकृतन मन्दिर निमार्ण लगायतका काम गर्दैै जाँदा रकम नपुगेपछि उधारो काम गरिएको हो,प्राप्त बजेट भन्दा तेह्र प्रतिश धेरै काम भएको छ”उपाध्यायले भने ।तोकिएको भन्दा धेरै काम गर्दै जाँदा थप रकम खर्च भएको उनको भनाइ छ ।मन्दिरमा संरचना निर्माणकालागि कर्णाली प्रदेश सरकारकाको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयबाट आव.०७५÷७६ र ०७६÷०७७ गरेर १ करोड ५ लाख बजेट र केन्द्र सरकार र सांसद विकास कोष गरेर ६५ लाख प्राप्त प्राप्त भएको समितिले जनाएको छ । उधारो रकम पुर्तिकालागि समितिले विभिन्न निकायमा सहयोगको आह्वान समेत गरेको छ ।खप्तडबाट पदमार्ग निर्माणकालागि प्रदेश सरकारबाट जारी आवमा पुनः५० लाख रकम समेत आएको बताईएको छ ।सरकारी निकायबाट प्राप्त विकास बजेटबाट तोकिएको भन्दा धेरै काम गर्ने जिल्लाकै पहिलो आयोजना र समिति भएको सरोकारवाला निकायको भनाइ छ ।नगरप्रमुख ओमबहादुर बुढा सहितका सरोकारवालाहरु व्यक्तिहरुको उपस्थितिमा मन्दिरको सार्वजानिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो । नेपालकै प्रशिद्ध मन्दिरहरु मध्ये पर्ने वाला त्रिपुरासुन्दरी मन्दिरलाई सरकारले देशका एकसय पर्यटकिय गन्तव्यको सुचिमा समेत राखेको छ ।