२०७८ बैशाख ७ गते मङ्गलवार

‘मारुनी’पछि बलियो बनेको साम्राज्ञी र पुष्पको जोडी



नायिका साम्राज्ञी राज्यलक्ष्ममी शाह र नायक पुष्प खड्काले चलचित्र ‘मारुनी’मा एकसाथ काम गरेका थिए ।

यो चलचित्रमा काम गर्दा साम्राज्ञी स्टार भैसकेकी थिइन् । पुष्प भने चलचित्र क्षेत्रमा जमिरहेका थिए ।

दुबैले चलचित्रमा एकसाथ काम गरेपछि उनीहरुविचको टिमअप भने बलियो बनेको छ ।

 

पुष्पसँग काम गर्न ‘मारुनी’ अघि साम्राज्ञीले आनाकानी गर्ने गरेको समेत चर्चा चलेको थियो ।

तर, अहिले भने पुष्प साम्राज्ञीको पहिलो रोजाइको नायक बनेका छन् ।

यी दुइले चलचित्र ‘तिम्रो मेरो साथ’मा पनि काम गरे । चलचित्रमा पुष्पलाई जोडी पाउँदा साम्राज्ञी उत्साहित छिन् ।

साम्राज्ञीको रोजाइमा पुष्प मात्र बनेका छैनन्, अहिलेको समयमा पुष्प नेपाली चलचित्रकै सर्वाधिक माग भएका नायक हुन् ।

 

कुनै समय चलचित्रको अफरको प्रतिक्षा गर्ने पुष्प, पछिल्लो समय चुजी बन्न थालेका छन् ।

उनलाई चलचित्रमा लिनका लागि पनि निर्माताका लागि उनको डेट हेर्नुपर्ने अवस्था आएको छ ।

पुष्पले अभिनय गरेको चलचित्र ‘कृष्ण लीला र मनसँग मन’ चैत्र २७ गते रिलिज हुँदैछ ।

पुष्पले चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेका छन् । उनले, अफर आएका केही चलचित्र छाडेका पनि छन् ।

पुष्प निर्देशक मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा पनि काम गर्ने तयारीमा छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार