
काठमाडौं । भावी सत्ता समीकरण सम्बन्धमा संसदमा रहेका दलहरुबीचमा औपचारिक र अनौपचारिक छलफल सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले जनता समाजवादी पार्टीका नेताहरुसँगको वार्ता गरिरहेका छन् ।
सत्ता समीकरणकै सम्बन्धमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका नेताहरुसँग एकसरो छलफल सकेका छन् ।
सत्ता समीकरणको सम्बन्धमा कुरा गरेका आधा दर्जन नेपाली कांग्रेसका नेताहरुले सत्ता समीकरण कता जान्छ र पार्टीले के गर्ने भन्नेमा स्पष्ट नभइसकेको बताए ।
देउवा निकट एक नेताका अनुसार देउवा यतिबेला निकै होसियारीपूर्वक आन्तरिक र वाह्य परिस्थिति नियालिरहेका छन् । ती नेताले भने, ‘प्रचण्ड र माधव नेपालले पटक पटक प्रधानमन्त्रीको प्रस्ताव गरेपनि परिस्थति त्यता जाने परिपक्व अवस्था बनिसकेको छैन ।’
पछिल्लो समयमा देखिएका तीन घटनाक्रमका कारण देउवाले एकदमै होसियारीपूर्वक कदम चाल्ने पक्षमा छन् ।
कांग्रेसका नेताहरुका अनुसार हिजो सरकार निर्माणमा कांग्रेस निर्णायक थियो तर अहिले जसपा निर्णायक भएकाले पनि पार्टीले लिने पहलमा केही फरक आएको हो । कांग्रेसले सो दलभित्रको आन्तरिक राजनीति कसरी अगाडि जान्छ भन्ने पनि नजिकबाट नियालिरहेको छ ।
पहिलो, नेकपा एमाले र माओवादी केन्द्रकै गठबन्धन सरकारलाई निरन्तरता दिने प्रयास । एमाले र माओवादी केन्द्र दुवै पार्टीका केही नेता दुई पार्टीको संयुक्त सरकार निर्माण गर्ने गृहकार्यमा छन् । त्यही भएर नै नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
एक नेताका अनुसार केही दिन अगाडि भएको भेटमा देउवाले प्रचण्डलाई समर्थन फिर्ता किन नलिएको भनी सोधेका थिए तर उनले स्पष्ट जवाफ दिएनन् । देउवा निकट केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा भन्छन्,
‘मेरो व्यक्तिगत विचारमा अहिले दुई कम्युनिष्ट पार्टी मिल्ने सम्भावना कम छ । तर, हामीसँग सरकारमा बसेर एमालेसँग गठबन्धन बनाउने प्रचण्डको शैलीप्रति हामी परिचित छौं ।’
विश्वकर्मा अगाडि भन्छन्, ‘तर यस पटक उहाँहरुले हामीलाई ‘यस्तो तिक्ततासहित छुटिएका छौं, तत्काल मिल्ने सम्भावना छैन ज्यादा आशंका नगर्नुस्’ भन्नुभएको छ ।’
दोस्रो, प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले आफूलाई दिएको समर्थन फिर्ता लिएमा जनता समाजवादी पार्टी नेपाललाई सरकारमा ल्याएर वहुमत पुर्याउने प्रयास गरिरहेका छन् ।
ओली निकट केही नेता सो पार्टीसँग निरन्तर वार्तामा छन् । उनीहरु जसपाले उठाएको सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधनलगायतका विषयमा कुराकानी गरिरहेका छन् ।
कांग्रेसका नेताहरुका अनुसार हिजो सरकार निर्माणमा कांग्रेस निर्णायक थियो तर अहिले जसपा निर्णायक भएकाले पनि पार्टीले लिने पहलमा केही फरक आएको हो ।
कांग्रेसले सो दलभित्रको आन्तरिक राजनीति कसरी अगाडि जान्छ भन्ने पनि नजिकबाट नियालिरहेको छ ।