२०८० चैत्र ६ गते मङ्गलवार

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण



एजेन्सी : भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ।

आगामी विधानसभा चुनावका लागि नन्दीग्राममा नाम दर्ता गरेर फर्किँदै गर्दा आफूमाथि आक्रमण भएको उनले बताएकी छन्।

आफूसँग सुरक्षागार्ड नभएको समयमा ४–५ जनाले आक्रमण गरेको बनर्जीले बताइन्।

उनले आफू मन्दिरबाट फर्किएर कारमा जाँदै गरेको समयमा ४–५ जनाले धक्का दिएको र आफूलाई चोट लागेको बताइन् ।

उनले आफूमाथि षड्यन्त्रपूर्वक आक्रमण भएको बताइन् । ‘यो एक षड्यन्त्र हो, यो समयमा प्रशासनका कोही पनि व्यक्ति मेरो सुरक्षाका लागि आएका थिएनन्, वास्तावमा मलाई उनीहरु चोट पुर्‍याउन आएका थिए।’

उनले भनिन्। बनर्जी घाइते भएपछि अस्पताल भर्ना गरिएको छ। एसएसकेएम अस्पतालका डाक्टर एम बन्दोपाध्याले बनर्जीको बाँया खुट्टाको गोलीगाँठोमा गम्भीर चोट लागेको र गर्धनमा पनि चोटको निशान रहेको बताइन्।

चोटका कारण स्वासप्रश्वासमा समेत समस्या भएको र ४८ घण्टा आरामको खाँचो रहेको डाक्टरहरुले बताएका छन्। पश्चिम बंगालमा आगामी २७ मार्चमा विधानसभा चुनाव हुँदैछ।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?