
काठमाडौं : नेकपा माओवादी केन्द्रले सत्ता सहकार्यबारे कांग्रेस र जनता
समाजवादी पार्टी (जसपा)सँग संयुक्त रूपमा छलफल गर्ने भएको छ।
माओवादीले पार्टी कार्यालय पेरिसडाँडामा बोलाएर कांग्रेस र जसपासँग छलफल गर्न लागेको हो ।
कांग्रेस र जसपा शिर्ष नेताहरुको उपस्थितिमा छलफल हुन लागेको नेता देवेन्द्र पौडेलले जानकारी दिए।
‘यसअघि पनि विभिन्न कोणबाट छलफल त भइरहेको नै छ, आज पनि सत्ता सहकार्यको विषयमा छलफल हुन लागेको हो,’ उनले भने।
मंगलबार र बुधबार बसेको माओवादीको स्थायी कमिटी बैठकले दुई दलसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो।
प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार