२०८० मङ्सिर २१ गते बिहिवार

सुर्खेतमा ‘भाष्कर’ को एकल फाेटो प्रर्दशनी,मन्त्रीद्धयले गरे उद्घाटन



डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिकाका युवा साइकल यात्री रामचन्द्र बस्नेत (भाष्कर) को एकल फोटो पर्दशनी मेला सुरु भएको छ ।
कर्णाली उत्सवको अवसरमा सुर्खेत स्थित बुलबुले उद्यानमा फोटो दर्जनौ पर्यटकिय गन्तब्यका फोटो सहित प्रर्दशनी सुरु भएको हो ।
साइकलीङ् मार्फत कर्णाली प्रदेशका ओझेलमा परेका पर्यटकीय गन्तब्यहरुको खोजी गर्दै क्यामेरामा कैद गरेका आकर्षक तस्बिरहरु प्रर्दशनमा राखिएको छ ।
पर्दशनीमा आफुले खिचेका कर्णालीका जीवनशैली,तात तलैया, हिमश्रृङ्खला,भु–दृष्यहरुका उत्कृष्ठ तस्बिरहरुमात्र राखिएको भाष्करले जानकारी दिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र पर्यटन मन्त्री नन्द सिँह बुढाले कार्यक्रमको उद्घाटन गर्दै भाष्करले कर्णाली चिनाउने आकर्षक फोटो प्रर्दशनी गरेको भन्दै उनको प्रशंसा गरेका थिए ।
त्यतिमात्र नभइ निस्वार्थ रुपमा ज्यानको बाजी थापेर विकट क्षेत्रहरुमा पुगेर कैद गरिएका आकर्षक तस्बिरहरुले साँच्चिकै कर्णालीको पर्यटकिय क्षेत्रको प्रसार–प्रसारहुने मन्त्रीद्धयकोे भनाइ छ ।
उत्सवमा उपस्थित माननिय मन्त्री र सयौँ सर्वसारणले अवलोकन पश्चात उत्कृष्ठ तस्बिर प्रदर्शन गरेको भन्दै प्रशंसा गरेकाले थप नयाँ गन्तव्य र परिवेश खोज्ने जोश पलाएको भाष्करले बताए ।
फागुन २९ सम्म प्रदशनी जारीहुने भएकाले अवलोकनकालागि बुलबुले पुग्न भाष्करको आग्रह छ ।
एकल फोटो प्रर्दशनीकालागि जगदुल्ला गाउँपालिका, एक्सप्लोर डोल्पो,पन्च बाइक,कर्णाली उत्सव लगायतका संघ सँस्था र विभिन्न व्यक्तिहरुले आर्थिक तथा भौतिक सहयोग गरेकाछन् ।
तीनै तहको सरकारले पैसा खर्च गरेर पनि प्रभावकारीहुन नसकेको कर्णालीका पर्यटकिय क्षेत्रको प्रसार–प्रसार भाष्करले निश्वार्थ रुपमा अभियाननै चलाएर सुरु गरेको भन्दै सबैले उनको कार्यको प्रशंसा गरेकाछन् ।
कर्णालीको प्रमुख सम्भावनाको रुपमा रहेको पर्यटन क्षेत्रलाइ थप प्रभावकारी रुपमा देश विदेशमा चिनाउन भाष्करजस्ता युवाहरुलाई सरकारले आर्थिक सहयोग गनुपर्ने उनिहरुको भनाइ छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?