२०८० चैत्र ६ गते मङ्गलवार

विभिन्‍न देशका परम्परागत पोसाक संस्कृतिहरू



मानव जीवनमा पोसाकको महत्व सभ्यताको सुरुवातसँगै चल्न थाल्यो ।

सुरुमा यायावरी जीवन जिउनेहरू जब व्यवस्थित रूपमा परिवारको संरचनामा आए, त्यसपछि मान्छेको जीवनमा आफ्नो शरीर ढाक्नुपर्ने आवश्यकता देखा पर्‍‍यो ।

त्यतिबेला नै पनि ठाउँ अनुसार अलग पोसाकको चलन बस्यो । हिमालमा बस्नेहरूले चिसोबाट बच्नको लागि बाक्लो पोसाक लगाउन थाले भने गर्मी ठाउँमा बस्नेले अर्कैखाले पोसाक लगाउन थाले ।

अहिले पनि विभिन्न देशको आ–आफ्नै विशिष्ट किसिमको पोसाक रहेको हुन्छ । यी पोसाकहरू समय र मौसमको अनुकूलताको आधारमा फरकफरक छ ।

अहिले विश्वव्यापीकरणसँगै एउटा देशको संस्कृति अर्का देशमा प्रसार हुने क्रम जारी रहेको भएपनि कतिपय संस्कृतिलाई चाहेर पनि कुनै पनि मुलुकले भुल्न सकिरहेका छैनन् ।

त्यसैमध्येको एउटा उदाहरण होपोसाक । कुनै समय आधुनिक पोसाकको अनुशरण गरेका नेपालीहरू अहिले साडी र दौरा सुरुवालमा फर्किएका छन् ।

अतः माटो सुहाउँदा पोसाकहरू सबैतिर दीर्घकालसम्म चल्ने गर्छन् र सोही भूगोलका मान्छेको लागि ती पोषाकहरु आकर्षक पनि देखिने गर्छन् ।

विश्वका विभिन्न स्थानमा प्रचलनमा रहेका परम्परागत पोषाकहरुको बारेमा संक्षिप्त चर्चा गरिएको छ ।

साडी, नेपाल/भारत

सम्भवतः कपडाको सजिलो तरिका पनि हो साडी । यो नेपाल र भारतको परम्परागत वस्त्र पनि हो ।

यसलाई १० हाते , १२ हाते जस्ता छुट्टाछुट्टै भागमा पनि विभाजन गर्न सकिन्छ । पछिल्लो समय साडीमा पनि अनेक फेसन र स्टाइल आउन थालेको छ ।

साडीले नेपाल र भारतका सम्पूर्ण भेगका नारी जातिको पोषाकलाई समेट्ने गर्छ ।

बालिनी मन्दिर पोशाक, इन्डोनेसिया
इन्डोनेसियाको बालिनी मन्दिर भ्रमण गर्ने जो कोहीले कम्तीमा पनि बालीको पारम्परिक पोशाकका केही अंश लगाउनै पर्छ ।

जसमा एक सेश (सेलेन्डा) र कैन भनेर चिनिने एक किसिमको स्कर्ट लगाउनै पर्छ । यद्यपि महिलाहरूका लागि पूर्ण बालिनी पोशाक पाइन्छ । जसमा केबाया ब्लाउज लगायतका वस्त्र रहेको हुन्छ ।

किल्‍ट्स, स्कटल्याण्ड

यदि तपाईं स्कटल्याण्डको भ्रमण गर्दै हुनुहुन्छ भने तपाईंले चेक-स्कर्ट लगाएका पुरुषहरू भेट्न सक्नुहुन्छ।

त्यसमा अचम्म नमान्नुहोस् । त्यहाँको परम्परागत पोषाक नै त्यस्तै हो । जसलाई किल्ट्स भनिन्छ । अहिले पुरुषका साथ महिलाले पनि यस्तो पोषाक लगाउने गर्छन् ।

किल्ट्सलाई अहिले स्कटल्यान्ड सम्बन्धित कुनै पनि कुराको प्रतिनिधित्व गर्नको लागि प्रयोग गर्ने गरिन्छ।

मासाई बेडवर्क, केन्या

केन्याको सानो जातीय समूहमध्ये पनि चर्चित जातीय पोषाक हो मासाई । यसलाई आश्चर्यजनक पोशाकको रूपमा लिने गरिन्छ ।

रातो कपडा, असाधारण जटिल मोती जडित कपडाहरू त्यहाँको विशेषता हो ।

घो, भुटान

भुटान एउटा सानो हिमालयन राज्य हो । यहाँ चीन र भारतसँग मिल्दोजुल्दो कुरालाई समेटेर यहाँको राष्ट्रिय पोशाक तयार पारिएको छ ।

पुरुषहरूको लागि तयार पारिएको पोषाकलाई घो भनिन्छ भने कम्मरमा बाँधिने वस्त्रलाई क्यारम भनिन्छ।

औपचारिक अवसरहरूका लागि एउटा रेशमको स्कार्फ र कबनीलाई जोड्न सकिन्छ । जुनको पहिरनको स्थितिमा निर्भर हुन्छ।

केफिएह, मध्य पूर्व

केफिएह, जसलाई शेमघ वा घुट्रा पनि भनिन्छ । मध्यपूर्वमा पुरुषहरूले लगाउने एक किसिमको परम्परागत पोसाक पनि हो ।

यो विभिन्न रंग एवं‌ ढाँचामा उपलब्ध छ । यो मध्यपूर्वका मान्छेको एक महत्वपूर्ण पहिचान हो।

यदि तपाईं‌ साउदी अरेबिया जानु भएको छ भने रातो र सेतो र‌ं‌गका केफिएहमा पुरूषलाई देख्नुहुन्छ ।

जबकि प्यालेस्टाइनमा कालो र सेतो रंगको केफिएह लगाउने चलन छ । यो कपडाको एक पहिचान हो जसले मध्यपूर्वका मानिसहरूलाई बाँकी विश्वबाट अलग गर्छ।

नागाल्याण्ड, उत्तरी भारत

उत्तरी भारतीय क्षेत्र नागाल्याण्डमा पनि पोषाकको अनौंठो उदाहरण पाइन्छ । चाडपर्वको समयमा नागाल्याण्डका प्रत्येक व्यक्तिले यस्तो पोसाक लगाउने गर्छन् ।

प्रत्येक कुलको छुट्टाछुट्टै पोसाक शैलि हुन्छ । विभिन्‍न चराचुरुङ‍्गीको प्वाँख, छाला आदिबाट यस्तो पोसाक बनाउने गरिन्छ ।

गार्ड, सियोल, दक्षिण कोरिया

सियोल दक्षिण कोरियाको आधुनिक शहर हो । यहाँको पप संस्कृतिले विश्वलाई चिनाएको छ ।

तर शहरको बीचमा रहेको ग्येओङ्गबुक्गुङ्ग जस्ता सुन्दर शाही महलहरूमा भने त्यहाँको परम्परागत वस्त्रलाई पुनर्जीवन दिन थालिएको छ ।

राजवंशको परिर्वतन गर्ने गार्ड समारोहमा त्यहाँका सैनिकहरूलाई त्यहाँको परम्परागत पोषाकमा उपस्थित हुन भनिन्छ ।

किमोनो, जापान

किमोनो जापानी पुरुष र महिलाहरूको परम्परागत लुगा हो ।

जापानी संस्कृतिको महत्त्वपूर्ण हिस्सा भएको कारण जापानका मानिसहरूले यो विशेष अवसरहरूमा विवाह, बच्चाको नामाकरण वा अन्य महत्त्वपूर्ण चाडपर्वहरूमा लगाउँदछन्।

यो धेरै सुन्दर देखिन्छ किनकि किमोनो पोशाक विभिन्न प्रतीकहरूमा सजाइएको छ र हरेक पात्रले केही महत्त्वपूर्ण सन्देश दिने गर्छ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?