२०८० जेष्ठ १९ गते शुक्रवार

हालान्डको च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान



एर्लिङ ब्राउट हालान्डले मंगलबार राति सेभियाविरुद्ध दुई गोल गर्दै च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान कायम गरेका छन् ।

खेलको ३५ औँ मिनेटमा बोरुसिया डर्टमन्डलाई अग्रता दिलाएका हालान्डले दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

नर्वेजियन खेलाडीको प्रतियोगितामा यो २० औँ गोल थियो ।

हालान्डलाई यो उपलब्धि हासिल गर्न मात्र १४ खेल लाग्यो ।

प्रतियोगिताको इतिहासमा यति चाँडो २० गोल गर्ने उनी पहिलो खेलाडी बने ।

योसँगै हालान्डले २१ वर्ष पुग्न अघि प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् ।

यसअघि किलियान एम्बाप्पेले १९ गोलको कीर्तिमान रहेको थियो । यो सिजन हालान्डले ३० खेलमा ३२ गोल गरेका छन् ।

खेलको अन्त्यतिर युसेफ एन नेसरीले दुई गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो ।

तर, पहिलो लेगमा ३–२ को जीत हासिल गरेको डर्टमन्डले समग्रमा ५–४ को जीत हासिल गदै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाउन सफल रह्यो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?