
अन्तर पालिका ब्याडमिन्टन प्रतियोगितामा पुरुष कर्मचारीतर्फ गढवा
गाउँपालिका र महिला कर्मचारीतर्फ राप्ती गाउँपालिकाले विजयी हासिल गरेको छ ।
राप्ती गाउँपालिकाको आयोजनामा पालिका स्थापना दिवसको अवसर पारेर कर्मचारीहरूबीच अन्तर पालिका ब्याडमिन्टन प्रतियोगिता शुरू भएको थियो।
पुरुष कर्मचारीतर्फ गढवा गाउँपालिकाका कैलाश चौधरी र शम्भु चौधरीको टीम प्रथम भएको छ भने महिला कर्मचारीतर्फ राप्ती गाउँपालिकाका अनामिका चौधरी र सीमा भट्टको टीम प्रथम भएको छ।
अन्तर पालिका ब्याडमिन्टन प्रतियोगितामा लमही नगरपालिकाका रामभजन चौधरी र कृष्ण कुमार नेपालीको टीम द्वितीय भएको छ।
महिला कर्मचारीतर्फ राप्ती गाउँपालिकाका नितु चौधरी र पनम कुमालको टीम द्वितीय भएको छ ।
१७ टीम पुरुष कर्मचारीहरूबीच र ४ टीम महिला कर्मचारीहरू रहेको प्रतियोगितामा राप्ती, लमही, गढवा, राजपुर र सरुमारानी पालिकाबीच प्रतिस्पर्धा भएको थियो ।
विजयी टीम तथा खेलाडीहरूलाई राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले शिल्ड, नगद तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
पुरस्कार वितरण कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, लमहि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नोखीराम वली, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले विजयीहरूलाई बधाई दिँदै खेलको उच्च सम्मान गरेका छन् ।