२०८० जेष्ठ २७ गते शनिवार

मेयर कप क्रिकेट : पुलिसविरुद्ध काठमाडौं मेयर्स-११ ले टस जित्यो



काठमाडौं : काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर्स–११ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

टियू क्रिकेट मैदान किर्तिपुरमा काठमाडौं मेयर्स– ११ ले टस जितेर फिल्डिङ रोजेको छ ।

पुलिस आज तेस्रो जितको खोजीमा रहेको छ। पुलिसले यसअघि आर्मी र बागमती प्रदेशलाई पराजित गरेको थियो ।

पुलिस लिग चरणको अन्तिम खेलमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

पुलिसले ३ खेलमा ४ अंक जोडेको छ । काठमाडौंको यो तेस्रो खेल हो ।

पहिलो खेलमा बागमतीलाई हराएको काठमाडौं दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो। काठमाडौंले २ खेलमा २ अंक जोडेको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?