२०८१ बैशाख ७ गते शुक्रवार

एमाले र जसपाले बनाए संयुक्त कार्यदल



नेकपा (एमाले) र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल बनाएका छन्।

जसपा सांसद लक्ष्मणलाल कर्णले रेशम चौधरीका मुद्दा फिर्ता लिनेलगायत विषयमा छलफल गर्न कार्यदल बनेको  बताए ।

उक्त कार्यदलको सोमबार प्रारम्भिक चरणको वार्तासमेत भइसकेको छ। सरकार गठनजस्ता विषयमा भने कार्यदलमा छलफल नहुने कर्णको दाबी छ ।

यो कार्यदलमा जसपाबाट कर्ण र सर्वेन्द्रराज शुक्ल छन्।

एमालेबाट विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलगायत नेता छन्।

 

समाजवादी पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बनेको हो । तर यी दुई दलको संसदीय दलका नेता फरक-फरक छन्।

केपी शर्मा ओलीलाई बहुमत पुर्‍याउन जसपाले साथ दिए पुग्ने देखिन्छ। एमालेबाट प्रतिनिधि सभामा १२० सांसद छन्।

 

सरकार बनाउन १३८ जना सांसद चाहिन्छ। प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन् त्यसमध्ये दुई जना निलम्बनमा छन्।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?