
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-६ तेलकोट बेंसीमा एक घरमा आगलागी हुँदा साढे ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
९२ वर्षीया पाडासैनी तामाङको दुईतले कच्चीघरमा मंगलबार बिहान भएकाे आगलागीबाट आठ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीमा कुनै मानवीय क्षति नभएपनि अन्नबाली, नगद, सुनका गहना, भाडापर्तनलगायत जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरी, सेना, दमकल र स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार