२०८० असोज ९ गते मङ्गलवार

चितुवाको आखेटोपहारसहित दुईजना पक्राउ



काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले चितुवाको आखेटोपहार सहित काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ।

ब्यूरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले आखेटोपहार अवैध रुपमा ओसार–पसार तथा बेचबिखनमा संलग्न दुई जनालाई बल्खुबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बझाङ, जयपृथ्वी नगरपालिका–४ का २४ वर्षीय कृष्णराज उपाध्याय र कैलाली, धनगढी उप–महानगरपालिका–१ का ३२ वर्षीय लोकेन्द्र बहादुर मल्ल छन्।

उनीहरूको साथबाट चितुवाको छाला तथा हड्डी बरामद गरिएको ब्यूरोले जनाएको छ। पक्राउ परेकालाई आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय, काठमाण्डौमा पठाइएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?