
काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएको छ।
तर, एमाले र माओवादी फरक-फरक भएर जाने निर्णय गरेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेका मन्त्रीहरु माओवादी बैठकमा सहभागी भएनन्।
गृहमन्त्री रामबहादुर थापा बादल, उर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, उद्योगमन्त्री लेखराज भट्ट र शहरी विकास मन्त्री प्रभु शाह एमाले नेतृत्वको सरकारमा छन्।
यीमध्ये गृहमन्त्री बादलसहित ४ जना माओवादी स्थायी कमिटी सदस्य एमाले प्रवेश गरेका छन्। माओवादीका आजको बैठकले पार्टी छाडेर गएकाहरुलाई समेत कारवाही गर्नसक्ने बुझिएको छ।
तर, एमाले नेतृत्वको सरकारमा रहेको माओवादी मन्त्रीहरु पार्टीको पद गएपनि आफूहरु एमाले भइसकेको तर्क गर्न थालेका छन्।
नेकपाभित्रको विवादको क्रममा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षसँग असन्तुष्टि जनाएर उनीहरु ओली पक्षमा लागेका थिए।
बैठकमा नेकपाले चयन गरेको स्थायी कमिटी सदस्य कृष्णबहादुर महरासमेत गएका छन्। उनी पूर्वसभामुख समेत हुन्।