२०८० चैत्र १६ गते शुक्रवार

मेयर कप : पुलिसविरुद्ध आर्मीको फितलो प्रदर्शन, सागरले लिए ५ विकेट



काठमाडौं : काठमाडौं मेयर कप क्रिकेटमा पुलिस क्लबका सागर ढकालको घातक बलिङको मद्दतमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लब ८७ रनमा अल आउट भएको छ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले ३० दशमल १ ओभरमा सबै विकेट गुमाएर मात्र ८७ रनको योगफल तयार पार्‍यो।

सुरुआतदेखि नै सम्हालिन नसकेको आर्मीका लागि ७ जना ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।

उसका लागि लोकेश बमले २४ बलमा सर्वाधिक ३२ तथा बिक्रम शोबले ३४ बलमा १४ रन र रोहित पौडेले १३ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

पुलिसका सागरले १० ओभरमा ४० रन खर्चेर २ मेडनसहित ५ विकेट लिए। त्यस्तै, पवन सर्राफले ३ र ललित नारायण राजवंशीले २ विकेट लिए।

पहिलो खेलमा बागमती प्रदेशविरुद्ध २ रनको जित हासिल गरेको नेपाल पुलिस क्लब दोस्रो खेलमा नेपाल एपीएफ क्लबसँग १ विकेटले पराजित भएको थियो।

त्यस्तै टियु क्रिकेट मैदानमा जारी अर्को खेलमा एपीएफ र बागमती प्रदेशको खेल जारी छ। टस हारेको बागमती अहिले ब्याटिङ गरिरहेको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?