२०८० जेष्ठ २६ गते शुक्रवार

प्रचण्ड–माधव समूहको निष्कर्ष : एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने



काठमाडौ ।   प्रचण्ड–माधव समूहले अब एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निष्कर्ष निकालेको छ । पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निष्कर्षमा पुगेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

उनले पार्टीभित्र संघर्ष गरिने बताए । सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने पनि उनले बताए । बैठक जारी छ ।

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई आइतबार ब्युँताइदिएको थियो । झन्डै तीन वर्षअघि दुई दलको एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । तर, यो नामको दल निर्वाचन आयोगमा पहिला नै दर्ता रहेको भन्दै आइतबार सर्वोच्चले नेकपाको एकता बदर हुने गरी फैसला दिएको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई २३ जेठ ०७५ मा निर्वाचन आयोगले दर्ता गरेको थियो । आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम राखेर गरिएको अर्को दल दर्ताको निर्णय बदर गर्न माग गर्दै नेता ऋषि कट्टेलले २१ मंसिर ०७५ मा निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । दुई वर्षपछि न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले एमाले र माओवादी केन्द्र एकीकरणपूर्वकै अवस्थामा रहने फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?