२०८० असोज ९ गते मङ्गलवार

‘२० वर्ष कसैले हल्लाउन सक्दैन भन्नुहुन्थ्यो, २० महिनामै प्रचण्ड धुलोपिठो हुनुभो’ :विप्लव



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले न्यायको पक्षमा लड्ने मान्छे कहिल्यै नमर्ने बताएका छन्।

कपिलवस्तुको शिवगढी गाउँपालिकामा साेमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अर्काको दास बनेर अन्याय अत्याचारले मर्नुभन्दा लडेर मर्नु धेरै ठूलो कुरा हो।’

न्यायको लागि संघर्ष गर्न डराउन नहुने उनले तर्क गरे। ‘प्रचण्ड कमरेडसँग छुटेर आउँदा मलाई साथीहरुले दाई लडाईँ भयो भने मान्छे मर्छ भन्नुहुन्थ्यो, उनले भने, ‘मान्छे जो कोही पनि मर्छ।

तर, अन्यायमा परेर मर्नु भन्दा न्याय बुलन्द गरेर नै मर्नुपर्छ।’ न्यायको कुरा गर्ने मान्छे कहिल्यै मर्दैन।

पार्टीलाई प्रतिबन्ध गरेपछि घरघरमा पुगेर हामीलाई दमन गर्यो। अन्यायले सिमा नाघेपछि मृत्यु पनि प्रिय हुन्छ। सत्य बुझेपछि डर भाग्छ।’

जनयुद्धमा अत्याचारमा परेका व्यक्तिहरुको विरुद्ध सरकार लागेको उनले दाबी गरे। सत्यको विरुद्ध बोल्दा सरकारले प्रतिबन्ध गरेर आफ्ना मान्छेलाई गोली हानी मारेको उनले बताए।

‘हामी यहाँ बाल बाल बाँचेका मान्छौँ। यो राज्य हामीलाई धेरै दिन टिक्दैन भनेर हामीले पहिल्यै भनेका थियौँ ।

सत्ताको बुद्धि कस्तो हुन्छ ‘कु’ बाटा हिँड्ने मान्छे कति गलत सोच्छ कांग्रेसको घरमा पनि गोली राखेको हुनसक्छ भनेर खोज्यो’ उनले भने।

उनले आफूहरुलाई प्रतिबन्ध गरेर सरकारले अन्याय गरेका बताए। ‘हामीलाई प्रतिबन्ध लगाउने कुरा सत्य थियो ? हाम्रो पार्टीको कार्यकर्तालाई समातेर गोली हान्ने कुरा सत्य थियो? हाम्रो पार्टीका नेतालाई समातेर गोली हानेर मार्नु के सत्य थियो?’ उनले भने।

प्रचण्ड र बाबुरामले गलत बाटो चालेको उनले आरोप लगाए। सहिद र बेपत्ता परिवारको अझै न्याय नपाएको उनकाे भनाई छ।

‘प्रचण्डले हाम्रो एक जना कमरेडलाई बोलाएर भन्नुभएछ, २० बर्ष मलाई कसैले हल्लाउन सक्दैनन् भन्नुभएछ। तर, हामीले छाडेको २० महिना नहुँदै धुलोपिठो भइसक्नुभयो’ उनले भने।

प्रचण्डले माधव नेपाल नभएको भए आफू सकिसक्ने तर्क गरेको समेत बताए। प्रचण्ड हिँडेको बाटो ठिक नभएको उनकाे भनाई थियाे।

‘ओली र प्रचण्ड मिल्दा जनताले सुखी भएर दुई तिहाई पनि दिनुभयो’ उनले भने, ‘सरकार बनाएको एक वर्षपछि उहाँहरुको लडाईँ सुरु भयो।

जनताको बिषयमा मात्रै होइन। मेरो मान्छे किन नराखेको भन्दै आफ्नो भागको लडाई भइरहेको छ।’

आफ्नो स्वार्थमा कुरा नमिलेपछि जनताको विश्वास भत्काएर एक-अर्काविरुद्ध खनिएको उनले बताए।

एनसेलले ठुलो मात्रामा राजस्व नतिर्दा सरकारले जोगाएको उनकाे भनाई छ। उनले गोली देखाएर जनताको कुरा बोल्न बाट रोक्न खोजेको दाबी गरे।

थाहाखबर

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?