
काठमाडौं : काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले टस जितेको छ।
टियु क्रिकेट मैदानमा आर्मीले काठमाडौं मेयर–११ विरुद्ध बलिङ गर्ने निर्णय गरेको छ।
आज विभागीय टिम आर्मी पहिलो जितको खोजीमा हुनेछ।
प्रधानमन्त्री कप क्रिकेटको विजेता आर्मी पहिलो खेलमा अर्को विभागीय टी एपीएफसँग १ विकेटले पराजित भएको थियो । आर्मी अंकविहीन छ।
काठमाडौं भने लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले पहिलो खेलमा बागमती प्रदेशलाई ९४ रनले हराएको थियो।
प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार